logo

राप्रपाको सिफारिस कार्यान्वयन नगर्न सर्वोच्चको निर्देशन,बिच्छाले पाइन राहत

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २३ गते ०६: २८ मा प्रकाशित     253   पटक पढिएको

काठमाण्डौ । सर्वोच्च अदालतले मधेश प्रदेश सभा सदस्य कञ्चन बिच्छालाई पदबाट हटाउने राप्रपाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

 

 न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले दिएको आदेशमा बिच्छालाई प्रदेशसभा सदस्यको रूपमा नियमित काम–काज गर्न वञ्चित नगर्न उल्लेख छ।

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिच्छालाई पार्टीको निर्णय विपरीत सरकारले मन्त्री बनेको आरोप लगाउँदै पदमुक्त गर्न मधेश प्रदेशसभामा सिफारिस गरेको थियो।

 

तर सर्वोच्चले उनी स्वयंले पद त्याग नगरेको र उनीमाथि गरिएको अनुशासनात्मक कारबाही कानुनसम्मत छ कि छैन भन्ने विषयमा पछि परीक्षण हुने जनाएको छ। त्यसैले हाललाई बिच्छालाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरिएको हो।

 

राप्रपाले अघिल्लो एमाले नेतृत्वको प्रदेश सरकारमा सरोजकुमार यादव मुख्यमन्त्री बनेपछि बिच्छाले पार्टी निर्देशन विपरीत वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्विकारेको भन्दै स्पष्टीकरण सोधेको थियो।

 

उनले  मन्त्रीबाट राजीनामा नदिएपछि राप्रपाले २७ कात्तिकमा उनलाई प्रदेशसभा सदस्यबाट हटाइदिन सिफारिस गरेको थियो।

पद खारेजीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार बिच्छालाई अन्तरिम राहत प्रदान गरेको हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.