logo

राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा १ मा पन्तको  सम्भावना,पार्टीले अगाडि सारे आफू तयार रहने पन्तको भनाई

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २३ गते ०२: ५१ मा प्रकाशित     357   पटक पढिएको

वीरगंज ।  आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा १ का उम्मेदवारको चयन प्रक्रिया चर्चामा रहेको छ। पर्सा १ मा रास्वपा पर्सा सभापति हरि पन्त को उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ ।

 

उनको चर्चा पार्टीका कार्यकर्ता र स्थानीय नेताहरू बीचमा बढ्दै गएको छ। पन्तको स्वच्छ छवि, राजनीतिक अनुभव, र एक कुशल संगठकको रूपमा परिचित रहेकोले उनलाई पार्टीले उम्मेदवार बनाउने सम्भावना देखिएको हो।
 
रास्वपा पर्साका कार्यकर्ताहरूका अनुसार, हरि पन्त को उम्मेदवारी अबको चुनावी मैदानमा पक्का देखिन्छ। पार्टीका एक वरिष्ठ नेता भन्छन्, पन्त  स्वच्छ छवि र विश्वसनीय नेताका रूपमा परिचित छन्।

 

 उनले पर्सामा पार्टीको संगठनलाई बलियो बनाएका छन् र कार्यकर्ताको बीचमा पनि गहिरो सम्मान छ। यसैले, पार्टीको उम्मेदवारको रूपमा उनी अघि सारिने सम्भावना प्रबल छ।

 

पन्त आफैंले भने पार्टीको उम्मेदवार चयन प्रक्रिया बारे कुरा गर्दै भने, रास्वपाको उम्मेदवार चयन विधि अरू पार्टीको भन्दा फरक छ। यसमा सबैको राय र विचार महत्त्वपूर्ण हुन्छ। त्यसैले अहिले नै कुनै निष्कर्ष निकाल्न गाह्रो छ। तर, जहाँबाट पनि पार्टीले मलाई उम्मेदवारको रूपमा अगाडि ल्याए, आफू तयार रहने बताएका छन।


पर्सा १ मा पन्तको उम्मेदवारीलाई विभिन्न कोणबाट हेर्ने हो भने, यसले रास्वपा पार्टीलाई एउटा मजबुत स्थान दिन सक्छ। यद्यपि, पन्तको उम्मेदवारीमा पनि केही चुनौतीहरू आउन सक्छन्।

 

राजनीतिक प्रतिस्पर्धा र विपक्षी दलहरूको दबाबले पन्तलाई चुनावी मैदानमा कठिन चुनौती दिन सक्छ। पर्सा १ मा विभिन्न दलका सशक्त उम्मेदवारहरू रहेका छन्, जसका कारण पन्तलाई पनि आफ्नो लोकप्रियता र संगठनात्मक शक्ति प्रमाणित गर्न आवश्यक हुनेछ।


प्रतिस्पर्धा – पर्सा १ मा विभिन्न पार्टीका उम्मेदवारहरू छन्, जसमा प्रमुख दलहरूको उम्मेदवार पनि छन्। पन्तलाई ती उम्मेदवारसँग सिधा प्रतिस्पर्धा गर्नु पर्नेछ।

रास्वपा पर्सा १ मा उम्मेदवार चयन प्रक्रिया अहिले पनि जारी छ। हरि पन्त को उम्मेदवारी सम्भावना बलियो रहेको भए पनि अन्य क्षेत्रहरूमा पार्टीको उम्मेदवार चयन अझै खुल्ला छ। पन्तको नेतृत्वमा रास्वपा यदि उम्मेदवार चयन गर्छ भने पर्सा १ को राजनीतिक समीकरण थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

रौतहटमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको राजदेवी नगरपालिका–१ स्थित पथरा स्कुल नजिक गौर–पिपरा भित्री सडक खण्डमा दुई मोटरसाइकल आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.