logo

गगन थापाको घोषणा “छोटो समयमा महाधिवेशन सकाएर निर्वाचनमा उत्रिन्छौँ”

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २० गते ०७: १८ मा प्रकाशित     392   पटक पढिएको

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र आगामी निर्वाचन तयारीलाई समानान्तर रूपमा अघि बढाइने बताएका छन्।

 

नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनमा व्यस्त हुँदा निर्वाचन तयारी कमजोर नहोला कि भन्ने चिन्तालाई अब अन्त्य गरिएको बताए।

 

उनका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ अघि महाधिवेशन गर्ने–नगर्ने विषयमा केही समय बहस भए पनि अब छोटो समयमा महाधिवेशन सम्पन्न गरी पार्टीलाई निर्वाचनमा उर्जासहित उतार्ने निर्णय भइसकेको छ।

 

महामन्त्री थापाले  फागुन २१ को निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ। संविधानमाथि थप क्षति नहोस् भन्ने विश्वासका साथ कांग्रेसले निर्वाचनको बाटो रोजेको बताए । 

 

उनले जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी, लुटिएका हतियार र सुरक्षासम्बन्धी चुनौतीबारे सरकारलाई अवगत गराइसकिएको बताए ।  चुनाव सुरक्षाका लागि महत्वपूर्ण हुने उनको भनाइ छ।

 

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार आह्वान गरेको सर्वदलीय बैठकमा पनि यस विषयमा जोड दिइएको उनले उल्लेख गरे।

 

थापाले आफू नयाँ नीति र सन्देशसहित सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गर्दै चाँडै नै देशव्यापी दौडाहाको तयारीमा रहेको जानकारी दिए। उनले आगामी निर्वाचनमा समेत काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने कुरा स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.