logo

मधेश प्रदेशमा आज सरकार गठनको दावी पेश हुने ,सिएम नेपाली कांग्रेसले पाउने

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १९ गते ०८: ३५ मा प्रकाशित     240   पटक पढिएको

जनकपुर ।मधेश प्रदेशमा सरकार निर्माणकोलागि दावीपेश गर्ने आज शुक्रवार अन्तिम समय सीमा हो । नेकपा एमाले बाहेकको सात दलीय गठबन्धन सरकार निर्माणमा जुटेको भएपनि औपचारिक सहमती सार्वजनीक भएको छैन ।

 

स्रोतहरुले सातदलवीच सरकार निर्माणमा सहमती भएको दावी गरेका छन । नेपाली कांग्रेसलाई मधेश सरकारको मुखियाको जिम्मेवारी दिने गरि सात दलवीच सहमती भएको स्रोतहरुको दावी छ ।

 

यद्धपी औपचारिक रुपमा यस्तो कुराको पुष्टि भने हुन सकेको छैन । आज सरकार गठनको दावी पेश गर्ने अन्तिम दिन भएकोले सातदलीय गठबन्धनले सरकार गठनको दावी भने पेश गर्ने छ । 

 

दलहरु सरकार निर्माणकालागि बिहिवार दिउसो देखी गहन छलफलमा जुटेका थिए । आठ घण्टासम्मा भएको छलफलमा  प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

 

 बैठकमा विशेष रूपमा चार मधेस–केन्द्रित दललाई आपसी सहमति जुटाउने जिम्मेवारी दिइएको थियो। ती दलबीच सहमति बनाएपछि कांग्रेस नेतृत्वमा सात दल मिलेर संयुक्त सरकार बनाउने प्रारम्भिक समझदारी भइसकेको कांग्रेसका एक सांसदले बताए। उनले भने, “ बैठकमा मुख्यमन्त्री कांग्रेसकै हुने पक्का भइसकेको छ।

 

सातै दल नेपाली कांग्रेसलाई मुख्यमन्त्री बनाउने कुरामा एकमत छन्। त्यसको दस्तावेजीकरण शुक्रवार बिहान गर्ने बताइएको छ ।  

 

आज दिउसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी गरिएको जसपाका स्क साँदे बताए ।

 

उनका अनुसार सात दलको भावना अनुरूप मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलका मन्त्रीहरूको शपथ गराउने तयारी छ। पहिलो चरणमा गठबन्धनले मुख्यमन्त्रीको नाममा मात्र सहमति गरेको र मन्त्रालयहरूको अन्तिम भागबन्डा भने शपथपछि टुंग्याइने बताइएको छ।

 

 उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले भने सभामुखमा आफ्नो दावी पेश गरेको छ ।१०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.