जनकपुर ।मधेश प्रदेशमा सरकार निर्माणकोलागि दावीपेश गर्ने आज शुक्रवार अन्तिम समय सीमा हो । नेकपा एमाले बाहेकको सात दलीय गठबन्धन सरकार निर्माणमा जुटेको भएपनि औपचारिक सहमती सार्वजनीक भएको छैन ।
स्रोतहरुले सातदलवीच सरकार निर्माणमा सहमती भएको दावी गरेका छन । नेपाली कांग्रेसलाई मधेश सरकारको मुखियाको जिम्मेवारी दिने गरि सात दलवीच सहमती भएको स्रोतहरुको दावी छ ।
यद्धपी औपचारिक रुपमा यस्तो कुराको पुष्टि भने हुन सकेको छैन । आज सरकार गठनको दावी पेश गर्ने अन्तिम दिन भएकोले सातदलीय गठबन्धनले सरकार गठनको दावी भने पेश गर्ने छ ।
दलहरु सरकार निर्माणकालागि बिहिवार दिउसो देखी गहन छलफलमा जुटेका थिए । आठ घण्टासम्मा भएको छलफलमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
बैठकमा विशेष रूपमा चार मधेस–केन्द्रित दललाई आपसी सहमति जुटाउने जिम्मेवारी दिइएको थियो। ती दलबीच सहमति बनाएपछि कांग्रेस नेतृत्वमा सात दल मिलेर संयुक्त सरकार बनाउने प्रारम्भिक समझदारी भइसकेको कांग्रेसका एक सांसदले बताए। उनले भने, “ बैठकमा मुख्यमन्त्री कांग्रेसकै हुने पक्का भइसकेको छ।
सातै दल नेपाली कांग्रेसलाई मुख्यमन्त्री बनाउने कुरामा एकमत छन्। त्यसको दस्तावेजीकरण शुक्रवार बिहान गर्ने बताइएको छ ।
आज दिउसो २ बजे नै सातै दल मिलेर प्रदेश प्रमुखसमक्ष सरकार गठनको दाबी पेश गर्ने तयारी गरिएको जसपाका स्क साँदे बताए ।
उनका अनुसार सात दलको भावना अनुरूप मुख्यमन्त्रीको शपथसँगै एकैपटक सबै दलका मन्त्रीहरूको शपथ गराउने तयारी छ। पहिलो चरणमा गठबन्धनले मुख्यमन्त्रीको नाममा मात्र सहमति गरेको र मन्त्रालयहरूको अन्तिम भागबन्डा भने शपथपछि टुंग्याइने बताइएको छ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले भने सभामुखमा आफ्नो दावी पेश गरेको छ ।१०७ जना सांसद रहेको मधेशमा सरकार बनाउन बहुमतका लागि ५४ जना चाहिन्छ । गठबन्धनसँग ७३ जना सांसद छन् ।
तपाईको प्रतिक्रिया