logo

नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन, आन्तरिक एकता बलियो भएको सन्देश प्रवाह

 इसीमाना सम्वाददाता     २०८२ मंसिर ११ गते ०५: ४२ मा प्रकाशित     287   पटक पढिएको

वीरगंज । नेकपा एमालेको मधेश प्रदेश कमिटीको सचिवालय बैठकले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

 

पार्टी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न बैठकले मधेश प्रदेशबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूलाई सर्वसम्मत रूपमा चयन गरेको सचिव मनोज पौडेलले जानकारी दिए।

 

बैठकले महाधिवेशनका लागि अध्यक्ष चन्देश्वर मण्डल, उपाध्यक्ष बिचारी यादव, सचिव मनोज पौडेल, उप–सचिव आरती भण्डारी तथा बिना शर्मालाई प्रतिनिधिको रूपमा चयन गरेको छ।

 

 प्रतिनिधि छनोटमा सर्वसम्मति कायम हुनुले संगठनभित्रको आन्तरिक एकता र विश्वास बलियो भएको बैठकमा सहभागीहरूको बुझाइ छ।

 

यससँगै बैठकले आगामी महाधिवेशनलाई भव्य र शान्दार बनाउन व्यापक जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

 

सबै तहका कमिटीलाई सक्रिय बनाउँदै महाधिवेशनतर्फ जनताको ध्यान आकर्षित गर्ने र संगठन विस्तारमा जोड दिने निष्कर्ष बैठकले निकालेको सचिव पौडेलले जनाएका छन ।

 

महाधिवेशनमा मधेश प्रदेशबाट उत्कृष्ट उपस्थिति सुनिश्चित गर्न ‘एक वडा–एक बस’ व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ। 

सचिव पौडेलका अनुसार, यी सबै निर्णयको कार्यान्वयनमा तीव्र गति दिन प्रदेशभरका सबै संगठन तथा कमिटीहरूलाई  क्रियाशील रहन निर्देशन दिइएको छ।

 

उनले महाधिवेशनलाई सफल बनाउनु प्रदेश नेतृत्वको प्रमुख प्राथमिकता रहेको पनि बताए।

 

निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प,समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तब्य भन्ने नाराका साथ नेकपा एमालेको  ११ औं महाधिवेशन भब्यतापूर्वक सम्पन्न गर्न पार्टी पंक्ति परिचालीत भएको पौडेलले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.