logo

नेपाली कांग्रेसका बिशेष महाधिवेशन पक्षधरको भेला राष्ट्रिय सभागृहमा  हुदै

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १० गते ०९: ५१ मा प्रकाशित     161   पटक पढिएको

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मितिमा देखिएको विवाद लम्बिँदै गएको छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष भेलाआयोजना गर्दै छ ।


देशैभरिबाट काठमाण्डौ पुगेका महाधिवेशन प्रतिनिधि र नेताहरूको सहभागितामा राष्ट्रिय सभागृहमा विशेष भेला हुन लागेको हो ।

 

केन्द्रीय कार्यसमिति बैठको अघिल्लो दिन आयोजना गरिएको भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई अल्टिमेटम दिनेछ ।

 

 केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ । विशेष महाधिवेशन पक्षधर नेता गुरुराज घिमिरेको अगुवाइमा भेला बोलाइएको हो ।

विशेष महाधिवेशन पक्षधरका नेता बलदेव तिमल्सिनाले फागुन २१ को निर्वाचनभन्दा अघि पार्टीको नियमित महाधिवेशन हुने सम्भावना निकै कम रहेको बताउँदै पार्टी विधानअनुसार विधिवत् रूपमा विशेष महाधिवेशनको मिति तोक्न निर्णायक रूपमा दबाब दिन विशेष भेला बोलाइएको बताए ।

 

 कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै २९ असोजमा केन्द्रीय कार्यालयमा हस्ताक्षरसहितको निवेदन दर्ता गराएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनकै पक्षमा छन् । तर, उनीहरू बुधबारको भेलामा सहभागी हुने छैनन् ।

 

नेताहरू महेश आचार्य, नरहरि आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैया, सुनील भण्डारीलगायतलाई भेलामा बोलाइएको छ ।

 

यस्तै राजनीतिक विश्लेषक कृष्ण खनाल, हरि शर्मा र अरुणकुमार सुवेदीलाई पनि सम्बोधनका लागि बोलाइएको छ ।

 

 यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधर नेताहरूले काठमाडौँ उपत्यकाका नेताहरू, बागमती प्रदेशअन्तर्गतका जिल्ला एवं क्षेत्रीय सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संस्थाका नेताहरूसँग अलगअलग छलफल गरेका थिए ।

 

हस्ताक्षर बुझाएको मितिअनुसार केन्द्रीय समितिले विशेष महाधिवेशनको मिति पुस मसान्तभित्र बोलाउनैपर्ने बाध्यात्मक अवस्था छ । नेताहरूका अनुसार सर्वोच्च अदालतमा रिट दिनेदेखि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनेसम्मको विकल्पमा छलफल भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सोनवर्षा स्वास्थ्य चौकीमा रक्तदान कार्यक्रम, २५ जनाद्वारा रक्तदान

वीरगञ्ज । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.