logo

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल दर्ता ,अन्तिमसम्ममा सबै आउने आयोगको विश्वास

 इसीमाना सम्बाददाता     २०८२ मंसिर ९ गते ०४: ०४ मा प्रकाशित     383   पटक पढिएको

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका प्रयोजनका लागि मंगलबार दिउँसोसम्म ६८ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

 

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता कायम रहेका दलको संख्या १३२ पुगेको छ। दर्ता प्रक्रिया जारी रहेको उल्लेख गर्दै उनले अन्तिमसम्ममा सबै दलहरूले निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे।

 

प्रवक्ता भट्टराईले भने,“निर्वाचन राष्ट्रिय पर्व हो। साधारण नागरिकले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउन सक्छन्। सबैको सहभागिता रहने भएकाले दर्ता प्रक्रिया जारी छ र अन्त्यसम्ममा सबै दलहरू दर्तामा आउनेछन्।

 

आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने प्रतिबद्धता जनाएको छ।”

 

यससँगै उनले विदेशमा बस्ने नेपाली नागरिकका लागि मतदानसम्बन्धी कानुन निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी पनि दिए।

 

आगामी निर्वाचनका लागि आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको र आवश्यक परे थप बजेट माग गरिने प्रवक्ता भट्टराईले बताए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.