काठमाडौँ। आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल एउटै चुनाव चिन्ह प्रयोग गरी चुनाव लड्ने भएका छन्।
तीन दलबीच सहमति पत्रमा हस्ताक्षर गर्दै चुनावमा नागरिक उन्मुक्ति पार्टी नेपालको कायम रहेको ‘चक्र’ चिन्हलाई संयुक्त रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ। सहमतिअनुसार ती तीनै दल एकीकृत रूपमा त्यही चुनाव चिन्हबाट चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछन्।
दलहरूले विचार–महत्वका मुद्दामा सहमति हुने अन्य दलहरूलाई पनि एउटै चुनाव चिन्हमा आउन आह्वान गरेका छन्।
सहमति–पत्रमा जनता समाजवादी पार्टी अध्यक्ष ,अशोक कुमार राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष ,राजेन्द्र महतो, र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक ,रेशम चौधरी, ले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया