logo

नेकपा एमाले पर्सा बैठक सम्पन्न, संगठन सुदृढीकरण र महाधिवेशन तयारीबारे महत्वपूर्ण निर्णय,प्रचारको जिम्मेवारी कुर्मीलाई

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १ गते ०६: १४ मा प्रकाशित     397   पटक पढिएको

वीरगंज । नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक संगठन सुदृढीकरण, अनुशासन प्रवर्द्धन, जिम्मेवारी पुनर्संयोजन तथा महाधिवेशनका लागि प्रतिनिधि चयन जस्ता महत्वपूर्ण एजेन्डामा निर्णय गर्दै सोमबार सम्पन्न भएको छ।

 

जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि एमाले केन्द्रीय सचिव, पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले पार्टीभित्रका आपसी द्वन्द्व हटाई एकताबद्ध र सक्रिय ढंगले संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।


उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जनताको बहुदलीय जनवादको सफल कार्यान्वयनले देश र मधेस प्रदेशमा एमालेलाई पहिलो शक्तिको रूपमा उभ्याएको दाबी गर्दै आगामी चुनाव पनि ओलीकै नेतृत्वमा हुने स्पष्ट मत व्यक्त गरे।

 

उनका  अनुसार “राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले ओलीलाई कमजोर बनाउन खोजे पनि आगामी महाधिवेशनपछि पनि नेतृत्व ओलीकै हुनुपर्छ।”

 

बैठकमा केन्द्रीय सदस्यहरू प्रभु हजरा, केन्द्रीय सल्लाहकार जालिम मियाँ, मुन्नी श्रीवास्तव, ठाकुर प्रसाद न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य जयप्रकाश थारु, प्रदेश सभा सदस्य विणा शर्मा, पोखरियाँ नगरपालिकाका प्रमुख प्रधुम्न चौहान, सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादव, छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज कुमार गुप्ता लगायत प्रदेश र जिल्ला कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।

 

बैठकले आगामी मंसिर १३ गते महाधिवेशनका प्रतिनिधि सर्वसम्मतरूपमा चयन गर्ने र मंसिर २७ गते काठमाडौंमा हुने महाधिवेशन उद्घाटन समारोहमा व्यापक जनसहभागिता सुनिश्चित गर्ने निर्णय गरेको छ।

 

त्यसैगरी, भदौ २३र२४ को घटनापछि विभिन्न माध्यमबाट राजीनामा दिएका तथा आगजनी–तोडफोड घटनामा संलग्न व्यक्तिहरूको पार्टी सदस्यता खारेज गर्ने निर्णय भएको जिल्ला सचिव महेश दासले जानकारी दिए।


बैठकले सुन्दर प्रसाद कुर्मीलाई प्रचार विभाग प्रमुखमा मनोनयन गर्ने निर्णयसमेत गरेको दासले बताए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.