logo

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री जितेन्द्र सोनलले बुझाए  राजीनामा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २२ गते ०८: १९ मा प्रकाशित     269   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज साँझ आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छन्।

 

उनले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउँदै सत्तारूढ गठबन्धनमा उत्पन्न मतभेदका कारण पद छोडेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री सोनलले आफ्नो राजीनामा पत्रमा लेखेका छन् ,“मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”

 

सोनलको राजीनामा पत्र आज साँझै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ। त्यससँगै उनको कार्यकाल औपचारिक रूपमा समाप्त भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

 

राजनीतिक स्थायित्वमा चुनौतीका बीच, मधेश प्रदेशमा पछिल्ला दिनहरूमा सत्तारूढ गठबन्धनभित्र मतभेद र आन्तरिक असन्तुष्टि तीव्र बनेको थियो।

 

 विश्वासको मतका लागि आज बसेको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका दुई सांसदले बिद्रोह गरेपछि सोनल नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

 

त्यसपछि मुख्यमन्त्री सोनलले सदनमै आफ्नो राजीनामाको घोषणा गर्दै केही बेरमै लिखित रूपमा पत्र बुझाउने बताएका थिए।
प्रदेश प्रमुखले अब संविधानको धारा अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्ने तयारी गरेको बुझिएको छ।

 

सोनल गत आश्विन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए र आश्विन ३० गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। करिब २५ दिनमै उनको कार्यकाल समाप्त भएको हो।

IMG_8400.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.