logo

प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री जितेन्द्र सोनलले बुझाए  राजीनामा

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २२ गते ०८: १९ मा प्रकाशित     419   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज साँझ आफ्नो पदबाट लिखित रूपमा राजीनामा दिएका छन्।

 

उनले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाउँदै सत्तारूढ गठबन्धनमा उत्पन्न मतभेदका कारण पद छोडेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री सोनलले आफ्नो राजीनामा पत्रमा लेखेका छन् ,“मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको छु। पदमा रहँदा साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”

 

सोनलको राजीनामा पत्र आज साँझै प्रदेश प्रमुखको कार्यालयमा दर्ता भइसकेको छ। त्यससँगै उनको कार्यकाल औपचारिक रूपमा समाप्त भएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ।

 

राजनीतिक स्थायित्वमा चुनौतीका बीच, मधेश प्रदेशमा पछिल्ला दिनहरूमा सत्तारूढ गठबन्धनभित्र मतभेद र आन्तरिक असन्तुष्टि तीव्र बनेको थियो।

 

 विश्वासको मतका लागि आज बसेको प्रदेशसभा बैठकमा माओवादी केन्द्रका दुई सांसदले बिद्रोह गरेपछि सोनल नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

 

त्यसपछि मुख्यमन्त्री सोनलले सदनमै आफ्नो राजीनामाको घोषणा गर्दै केही बेरमै लिखित रूपमा पत्र बुझाउने बताएका थिए।
प्रदेश प्रमुखले अब संविधानको धारा अनुसार नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गर्ने तयारी गरेको बुझिएको छ।

 

सोनल गत आश्विन २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए र आश्विन ३० गते पद तथा गोपनीयताको सपथ ग्रहण गरेका थिए। करिब २५ दिनमै उनको कार्यकाल समाप्त भएको हो।

IMG_8400.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.