logo

मधेशका ७ प्रजिअको सरुवा,पर्साका सीडीओ सुवेदी दुई महिनामै अर्घाखाँची पठाइए

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०७: ३३ मा प्रकाशित     551   पटक पढिएको

वीरगञ्ज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी  तोय नारायण सुवेदीको सरुवा भएको छ। गृह मन्त्रालयले आइतबार गरेको निर्णय अनुसार सुवेदीलाई अर्घाखाँची जिल्लामा सरुवा गरिएको हो।

 

सुवेदीले पर्सामा जिम्मेवारी सम्हालेको जम्मा दुई महिनामै उनको बदली गरिएको हो। उनको कार्यकाल छोट्टिएसँगै जिल्लाको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ।

 

गृह मन्त्रालयको निर्णयअनुसार दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पर्सा पठाइएको छ। दाहालले अब पर्सा प्रशासनको जिम्मेवारी सम्हाल्ने भएका छन्।

 

गृह मन्त्रालयले  विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको व्यापक हेरफेर गरेको छ। मन्त्रालय स्रोतका अनुसार यो सरुवा नियमित प्रशासनिक समायोजनका साथै केही जिल्लामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको हो।

 

पर्साका स्थानीय स्रोतहरूका अनुसार सुवेदीको छोटो कार्यकालमै उनले प्रशासनिक संयोजन र सीमा व्यवस्थापनका विषयमा सक्रिय भूमिका खेलेका थिए। तर, अचानक भएको उनको सरुवाले जिल्लामा केही प्रश्न पनि उठाएका छन्।

 

यसैगरि बाराका प्रजिअ प्रकाश पौडेललाई ‘भदौ २३ र २४ गतेको प्रदर्शनमा भएको क्षति छानबिन’ गर्ने विशेष जिम्मेवारीसहित गृह मन्त्रालयको अन्तर्गत सरुवा गरिएको छ। उनको ठाउँमा सुनसरीका प्रजिअ धर्मेन्द्र कुमार मिश्र आएका छन्। सर्लाहीका प्रजिअ तुलसी बहादुर श्रेष्ठको सरुवा गोरखा भएको छ भने उनको ठाउँमा गोरखाबाट रामु राज कँडरिया सर्लाही आएका छन्।

सिरहाका प्रजिअ बसन्त अधिकारीको सरुवा मकवानपुर भएको छ, र उनको ठाउँमा बर्दियाबाट सुरेन्द्र पौड्याल सिरहा आउँदैछन्। महोत्तरीका प्रजिअ नारायण प्रसाद रिसालको सरुवा दोलखा भएको छ, भने उनको स्थानमा मोरङका प्रजिअ इन्द्रदेव यादव आएका छन्।

धनुषाका प्रजिअ शंकरहरि आचार्य सहसचिवको रूपमा गृह मन्त्रालय गएका छन्। उनको स्थानमा उदयपुरका प्रजिअ प्रेम प्रसाद लुईंटेलले धनुषाको नेतृत्व सम्हाल्नेछन्। यसैगरी, रौतहटमा पनि प्रजिअ बिनोद कुमार खड्कालाई धनकुटा सरुवा गरिएको छ र उनको ठाउँमा सिन्धुलीबाट दिनेश सागर भुसाल आएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.