logo

जेन–जी आन्दोलनपछिका घटनाहरुको बिषयमा छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूविरुद्ध रिट, काम रोक्न माग

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ९ गते ०३: ११ मा प्रकाशित     236   पटक पढिएको

 काठमाडौं। जेन–जी आन्दोलनमा भएको दमन र त्यसपछिका आगजनी घटनामाथि छानबिन गर्न बनेको आयोगका पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ।

 

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्‍वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट दायर गरेका हुन्।

 

ढकालले अध्यक्ष कार्की र सदस्य शर्मामाथि जाँचबुझको विषयमा सार्वजनिक टिप्पणी गरेर पूर्वाग्रही धारणा प्रदर्शन गरेको आरोप लगाएका छन्। उनका अनुसार, घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि सार्वजनिक रूपमा मत व्यक्त गर्नुले न्यायिक निष्पक्षता प्रभावित हुने भएकाले उनीहरूलाई अन्तरिम आदेशमार्फत कामकाज रोक्नुपर्ने माग गरिएको हो।

 

रिटमा भनिएको छ, “जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्ने संवैधानिक दायित्व हुन्छ, तर उनीहरूले पहिले नै घटनाबारे धारणा सार्वजनिक गरिसकेका कारण निष्पक्ष रूपमा काम गर्न सक्दैनन्।”

 

ढकालले आयोगका अर्का सदस्य विश्‍वेश्वरप्रसाद भण्डारीमाथि पनि प्रश्न उठाएका छन्। उनका अनुसार, आयोगका दुई सदस्य पूर्वाग्रही देखिएका बेला भण्डारीले त्यसविरुद्ध कुनै आपत्ति नजनाउनु पनि निष्पक्षताको अभावको सूचक हो।

 

सरकारले जेन–जी आन्दोलनपछि भएको जनधनको क्षतिवारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसंघका पूर्वकर्मचारी अधिवक्ता विश्‍वेश्वरप्रसाद भण्डारी सदस्य छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.