logo

रास्वपमा रिफर्मेसनको एजेण्डा अधुरो, नेतृत्व परिवर्तनको माग तीव्र

      २०८२ कार्तिक २ गते १२: ५२ मा प्रकाशित     532   पटक पढिएको

काठमाडौँ ।  पार्टीभित्र रिफर्मेसन (संगठनात्मक सुधार) को एजेण्डा उठिरहेका बेला त्यसैका लागि तोकिएको विस्तारित बैठकअघि नै सचिवालय विस्तार गरिएको आरोप उठेको छ।

 

दुई हप्ताभित्र बस्ने भनिएको विस्तारित बैठकको तयारी भइरहेकै बेला नेतृत्वले आकस्मिक रूपमा सचिवालय विस्तार गरेपछि डा. तोसिमा कार्कीले असन्तुष्टी जाहेर गरेकी छिन । उनले यसलाई   रिफर्मेसनको भावनाविपरीत कदम भनेका छन्।

 

कार्कीले आफूहरुले  खोजेको रिफर्मेसन सचिवालय विस्तार होइन, कार्यकारी नेतृत्व परिवर्तन र संगठन पुनर्गठन भएको बताइन । 

 

कार्की सहित असन्तुष्ट पक्षले पार्टीलाई थप लोकतान्त्रिक बनाउन र कार्यशैली सुधार गर्न जोड दिएका छन्। उनीहरूको भनाइमा पार्टीका गतिविधिहरूमा तल्लो तहसम्म अपनत्व र सहभागिता सुनिश्चित हुनुपर्नेछ।

 

उनीहरूले विस्तारित बैठकमा देशभरका प्रतिनिधिहरूको बृहत सहभागिता र मतदानको अधिकार  सुनिश्चित गर्न माग गरेका छन्।

 

यदि निर्णय गर्ने अधिकार नै नदिइने हो भने देशभरका कार्यकर्तालाई चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको अर्थ नभएको उनले बताइन।

 

पार्टी स्रोतका अनुसार विस्तारित बैठकमा संगठनात्मक सुधार, महाधिवेशनको मिति र आगामी रणनीतिक दिशाबारे छलफल हुने तय छ।

 

तर बैठकअघि नै सचिवालय विस्तार गरेर केन्द्रीय नेतृत्वले पूर्वनिर्धारित निर्णय प्रभावित गर्न खोजेको आरोपले पार्टीभित्र नयाँ तरंग ल्याएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.