logo

अनुशासन कायम गर्न नसेको स्वीकार गर्दै एमाले अध्यक्ष ओलीले गरे आत्मआलोचना

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक १ गते ०७: ०० मा प्रकाशित     294   पटक पढिएको

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन कायम गर्न नसकेको भन्दै खुलेर आत्मालोचना गरेका छन।

 

शुक्रबार सम्पन्न पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकमा उनले आफ्ना धारणा प्रस्तुत गर्दै पार्टीमा देखिएका कमीकमजोरीहरू स्वीकार गरेका हुन।

 

 अध्यक्ष ओलीले भने, ‘पार्टीमा अनुशासन कायम गर्न सकिएन, नेताले पनि अनुशासन तोड्ने काम गरे, त्यसलाई नियन्त्रण गर्न सकिएन, अध्यक्षको रूपमा त्यो काम गर्न नसकेकोमा म खुलेर आत्मालोचना गर्छु।’

 

उनका अनुसार पार्टीभित्र अनुशासनात्मक व्यवहारमा कमजोरी देखिँदा संगठनको सुदृढीकरणमा असर परेको छ। उनले अब त्यसलाई सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन।

 

ओलीले भने, ‘कमी कमजोरी छन्, त्यसलाई करेक्सन गरौँ, आलोचना पनि गरौँ, तर दुस्मनी देखिने गरी गालीगलौज चाहिँ कसैले नगरौँ।’

 

 अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै पार्टीभित्र आन्तरिक आलोचना–आत्मआलोचनाको संस्कृतिलाई सुदृढ बनाउने आवश्यकता रहेको बताए।

 

उनले पार्टीमा विचार र दृष्टिकोणका फरक मतलाई स्वाभाविक भन्दै त्यसलाई संगठनात्मक सिष्टता भित्र राख्न सकिए पार्टी अझ सबल हुने विश्वास व्यक्त गरे ।

 

उनले थपे , ‘पार्टीभित्र विचारमा मतभेद हुन सक्छ, तर व्यवहारमा अनुशासन र संगठनको सुदृढीकरण सबैको साझा जिम्मेवारी हो।’ बैठकमा अध्यक्ष ओलीले सरकारमाथि पनि टिप्पणी गर्दै आफू विरुद्ध पछिल्ला दिनहरूमा कानुनी र राजनीतिक षड्यन्त्र भइरहेका आरोप लगाए।

 

 सरकारले मलाई पटक पटक थुन्ने प्रयास गरिरहेको छ, त्यसका लागि मिटिङ र छलफल भइरहेको छ उनले भने।’ अध्यक्ष ओलीले पार्टी नेतृत्वका रूपमा उत्पन्न आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्दै एकता, अनुशासन र विचारको स्पष्टतामार्फत पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले बैठकमा उठेका विविध प्रश्नहरूको जवाफ दिँदै आगामी चरणमा संगठनलाई जनमुखी र जिम्मेवार बनाउने लक्ष्यसमेत राखे । अध्यक्ष ओलीले राष्ट्रवाद, सुशासन र विकासलाई पार्टीको मूल लक्ष्यका रूपमा अघि बढाउने संकल्प दोहोर्‍याएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

वीरगंज महानगरको  आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति संयोजकमा शत्रुघ्न नेपाल नियुक्त

वीरगंज । वीरगंज महानगरपालिकाको ‘आमसञ्चार प्रवर्द्धन तथा नियमन समिति’ को संयोजक पदमा पत्रकार शत्रुघ्न नेपाल नियुक्त भएका छन।

बढ्दो चिसो संगै महानगरले शिक्षण संस्था बिदाको अवधी थप्यो, अब २० गते शिक्षण संस्था खुल्ने

वीरगन्ज । चिसो झन् बढ्दै जानुका साथै शीतलहर पनि कम नहुँदा वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा थप तीन दिन जाडो बिदा थपेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.