logo

मुख्यमन्त्री सोनलको पदभारसँगैको पहिलो निर्णय ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने

 इसीमाना सम्वाददाता     २०८२ असोज ३० गते ०५: १९ मा प्रकाशित     681   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले बिहीबार पद तथा गोपनीयताको सपथसँगै पदभार ग्रहण गर्दै पहिलो निर्णयको रूपमा ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेका छन्।

 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मुख्यमन्त्री बनेका सोनलले भोजपुरी भाषामा शपथ लिएर जनकपुरधाम मुजेलियास्थित शहीद स्मारकमा माल्यार्पण गरेका थिए। पदभार ग्रहण कार्यक्रममा विना विभागीय मन्त्री महेश प्रसाद यादव र कनिष पटेल पनि सहभागी थिए।

 

सोनलले बताएअनुसार, एपमार्फत प्रदेश सरकारको निर्णय, जनताको गुनासो, सुझाव र विचार प्रत्यक्ष रूपमा मुख्यमन्त्रीको कार्यालयमा पुग्ने व्यवस्था हुनेछ।

 

“पदभार ग्रहणसँगै सबै निर्णय मन्त्रिपरिषद्को बैठकमार्फत हुनेछ। त्यसअघि एप सुचारु गरेर जनता र सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने तयारी गरिएको छ,” उनले भने।

 

‘हेल्लो सिएम’ एप पहिलो पटक तत्कालिन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा सुरु गरिएको थियो। एप विशेष गरी महिलाको सुरक्षा र आपतकालीन अवस्थाको सूचना प्रवाहका लागि बनाइएको थियो, तर केही दिनमै प्लेस्टोरबाट अनुपलब्ध भएको थियो।

 

सोनलले ५ दलको ५६ सदस्यीय प्रदेशसभा समर्थन पाइसकेका छन्।यद्धपी जनमतका २ सदस्यले जनस्वराज अंगालेको र जसपाका १ सांसद निलिम्वित अवस्थामा  छन ।  हाल उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय आफ्नो मातहतमा राखेका छन्।

 

राजनीतिक दलहरूबीचको भागबन्डासँगै विना विभागीय मन्त्री र थप मन्त्री नियुक्तिको योजना पनि अघि बढाउने तयारी गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.