logo

मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा जनकपुरमा सुरक्षा कडा

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०५: ४९ मा प्रकाशित     99   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा राजनीतिक तनाव तीव्र बनेपछि प्रदेश प्रमुखको कार्यालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

बुधबार दिउँसो ४ बजेसम्मको समयसीमाभित्र मुख्यमन्त्री पदका लागि लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेसका कृष्णकुमार यादवले अलग(अलग दाबी पेश गरेपछि स्थिति संवेदनशील बनेको हो।

 

 दुवै पक्षका नेताहरू समर्थकसहित कार्यालय पुगेका कारण प्रहरीले कार्यालय परिसर नियन्त्रणमा लिएर ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरेको छ।

 

राजनीतिक रूपमा, जनमत पार्टी फुटेपछि बनेको जनस्वराज दल र त्यससँगै सत्ताको समीकरण पुनःगठित हुँदै गएपछि मधेशको सत्ता समीकरण जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।

 

दुई दलबीचको दाबी र विभाजित समर्थनले प्रदेश प्रमुखलाई निर्णय लिन कठिन बनाएको देखिन्छ।

 

स्रोतका अनुसार, कुनै पनि अप्रिय घटना वा भिडन्त रोक्नका लागि प्रहरी सतर्क अवस्थामा छ, र प्रदेश प्रमुख कार्यालय वरिपरि निगरानी कडा गरिएको छ।

 

राजनीतिक विश्लेषकहरूको मतमा, मधेशमा हालको सत्ता सङ्कट प्रदेशभित्रको दलगत अस्थिरता, कमजोर संगठनात्मक एकता र अविश्वासको परिणाम हो, जसले संघीय राजनीति समेत प्रभावित गर्न सक्ने देखिन्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.