logo

मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा जनकपुरमा सुरक्षा कडा

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०५: ४९ मा प्रकाशित     233   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको पूर्वसन्ध्यामा राजनीतिक तनाव तीव्र बनेपछि प्रदेश प्रमुखको कार्यालय वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ।

 

बुधबार दिउँसो ४ बजेसम्मको समयसीमाभित्र मुख्यमन्त्री पदका लागि लोसपाका जितेन्द्र सोनल र नेपाली कांग्रेसका कृष्णकुमार यादवले अलग(अलग दाबी पेश गरेपछि स्थिति संवेदनशील बनेको हो।

 

 दुवै पक्षका नेताहरू समर्थकसहित कार्यालय पुगेका कारण प्रहरीले कार्यालय परिसर नियन्त्रणमा लिएर ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरेको छ।

 

राजनीतिक रूपमा, जनमत पार्टी फुटेपछि बनेको जनस्वराज दल र त्यससँगै सत्ताको समीकरण पुनःगठित हुँदै गएपछि मधेशको सत्ता समीकरण जटिल बन्दै गएको विश्लेषकहरूको भनाइ छ।

 

दुई दलबीचको दाबी र विभाजित समर्थनले प्रदेश प्रमुखलाई निर्णय लिन कठिन बनाएको देखिन्छ।

 

स्रोतका अनुसार, कुनै पनि अप्रिय घटना वा भिडन्त रोक्नका लागि प्रहरी सतर्क अवस्थामा छ, र प्रदेश प्रमुख कार्यालय वरिपरि निगरानी कडा गरिएको छ।

 

राजनीतिक विश्लेषकहरूको मतमा, मधेशमा हालको सत्ता सङ्कट प्रदेशभित्रको दलगत अस्थिरता, कमजोर संगठनात्मक एकता र अविश्वासको परिणाम हो, जसले संघीय राजनीति समेत प्रभावित गर्न सक्ने देखिन्छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.