logo

वीरगंजमा जसपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०४: १६ मा प्रकाशित     106   पटक पढिएको

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)ले पर्सा जिल्लामा आफ्नो संगठन सुदृढ गर्न र आगामी राजनीतिक रणनीति तय गर्न अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

 

बुधबार वीरगंजको टाउन हलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीयदेखि स्थानीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रमका प्रमुख जसपाका केन्द्रीय उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले आन्दोलनको जगमा नागरिक सकारर बनेको चर्चा गर्दै पार्टी पंक्तिलाई चुनावको माहोल बनाउन र तयारीमा लाग्न निर्देशन दिए ।  

 

उनले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा जनतामुखी नीति निर्माणमा कार्यकर्ताहरूको भूमिका निर्णायक हुने बताए।

 

भेलामा केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरुषोत्तमलाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अन्सारी, सलमा खातुन र मधुमाया यादव लगायतका नेताहरूको उपस्थिति थियो।

 

वक्ताहरूले जसपा सामाजिक न्याय, समानता र समृद्धिको पक्षधर दल भएको बताउँदै मधेश र देशभरका जनतालाई सशक्त र स्वावलम्बी बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए।

 

पार्टीको जिल्ला अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न भेलामा उनले स्वागत मन्तव्य दिँदै वर्तमान राजनीतिक परिवेशमा जसपा संगठनलाई जनस्तरमा अझ सुदृढ र सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले स्थानीय समस्या समाधान र जनतामुखी नीति कार्यान्वयनका लागि पार्टीले सक्रिय अभियान चलाउने प्रतिबद्धता पनि व्यक्त गरे।

 

भेलामा सहभागी कार्यकर्ताहरूले पार्टीको आगामी कार्यक्रम, संगठन विस्तार, युवा परिचालन र जनसेवासम्बन्धी योजनामाथि छलफल गर्दै पार्टी नीतिप्रति पूर्ण आस्था व्यक्त गरेका छन्। जसपाले यो भेलालाई पर्सामा आफ्नो राजनीतिक आधारलाई थप सुदृढ बनाउने रणनीतिक तयारीको रूपमा लिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.