logo

वीरगंजमा जसपाको अगुवा कार्यकर्ता भेला सम्पन्न, संगठन सुदृढीकरणमा जोड

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०४: १६ मा प्रकाशित     367   पटक पढिएको

वीरगंज । जनता समाजवादी पार्टी (जसपा)ले पर्सा जिल्लामा आफ्नो संगठन सुदृढ गर्न र आगामी राजनीतिक रणनीति तय गर्न अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ।

 

बुधबार वीरगंजको टाउन हलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीयदेखि स्थानीय तहका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रमका प्रमुख जसपाका केन्द्रीय उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले आन्दोलनको जगमा नागरिक सकारर बनेको चर्चा गर्दै पार्टी पंक्तिलाई चुनावको माहोल बनाउन र तयारीमा लाग्न निर्देशन दिए ।  

 

उनले पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा जनतामुखी नीति निर्माणमा कार्यकर्ताहरूको भूमिका निर्णायक हुने बताए।

 

भेलामा केन्द्रीय सदस्य तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समिति प्रमुख अजय सर्राफ, केन्द्रीय सदस्यहरू पुरुषोत्तमलाल झा, मोहनलाल चौधरी, जनार्धन यादव, जनत अन्सारी, सलमा खातुन र मधुमाया यादव लगायतका नेताहरूको उपस्थिति थियो।

 

वक्ताहरूले जसपा सामाजिक न्याय, समानता र समृद्धिको पक्षधर दल भएको बताउँदै मधेश र देशभरका जनतालाई सशक्त र स्वावलम्बी बनाउन कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए।

 

पार्टीको जिल्ला अध्यक्ष सिंघासन साह तेलीको अध्यक्षतामा सम्पन्न भेलामा उनले स्वागत मन्तव्य दिँदै वर्तमान राजनीतिक परिवेशमा जसपा संगठनलाई जनस्तरमा अझ सुदृढ र सक्रिय बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले स्थानीय समस्या समाधान र जनतामुखी नीति कार्यान्वयनका लागि पार्टीले सक्रिय अभियान चलाउने प्रतिबद्धता पनि व्यक्त गरे।

 

भेलामा सहभागी कार्यकर्ताहरूले पार्टीको आगामी कार्यक्रम, संगठन विस्तार, युवा परिचालन र जनसेवासम्बन्धी योजनामाथि छलफल गर्दै पार्टी नीतिप्रति पूर्ण आस्था व्यक्त गरेका छन्। जसपाले यो भेलालाई पर्सामा आफ्नो राजनीतिक आधारलाई थप सुदृढ बनाउने रणनीतिक तयारीको रूपमा लिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.