logo

मगरु अव तोहरा बजाई डमरुः महानगर प्रमुख सिंह

 इसीमाना सम्वाददाता     २०८२ असोज २९ गते ०४: ०३ मा प्रकाशित     438   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले आफनै पार्टीका कार्यकर्ता भूमिका प्रति गहिरो असन्तुष्टि ब्यक्त गरेका छन ।

 

उनले पार्टीले बुधवार वीरगंजको नगरसभागृहमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मंच अगाडि बसेको पार्टीका कार्यकर्तालाई हेर्दै भने तपाइहरुकै कारण मेरो र मन्त्री जी (प्रदीप यादव) को घरमा आगजनी भएको हो ।

 

यति धेरै अगुवा घर घरमा पुगेर उभिदिएको भए आगजनीको अवस्था नआउने उनले सुनाए । उनले ४१ महिनाको काममा पार्टीका कार्यकर्ताहरुको शिर झुक्नेगरि आफूले काम नगरेको दावी गरे । 


सामाजिक संजालमा आफूहरुलाई संकेत गर्दै बनेका कन्टेन्टका बिषयमा चर्चा गर्दै प्रमुख सिंहले “का हो मगरु अव का करब” भनेको सुन्दा कार्यकर्तानै गच हुने गरेको भन्दै असन्तोष जाहेर मात्र गरेर त्यस्तो कन्टेन्ट क्रियटरलाई “मगरु अव तोहरा बजाई डमरु” भन्दै थ्रेट दिन समेत भ्याए ।

 

घर कसेले जलायो थाहा छ मं संग रिस भएर जलायो तर महानगरसंग के को रिस हो ? उनले त्यो आगजनीबाट ३३ साल देखीका अभिलेखहरु जलेर नष्ट भएको बताउदै त्यो सम्पती नगरवासीको थियो त्यसको पूर्ताल कसरी हुन्छ ? भन्दै प्रतिप्रश्न गरे ।

 

उनले आफूले भ्रष्टाचार गरेको भए आफू छानवीनको दायरामा आउन तयार रहेको चर्चा गर्दै उनले बिदेशीको निवेदनको आधारमा अख्तियारले ट्रिटमेन्ट प्लान्टमा छापामारी गरेको बताए ।

 

उनले आफ्नै पार्टीबाट निर्वाचित एक वडाध्यक्षको भूमिका प्रति पनि असन्तुष्टि जाहेर गरे ।  उनले घर जलाउनेहरु आएर मेयर साब बढी दुःख लाग्यो समेत भन्न भ्याएको बताए । उनले छठ पूजामा आमा दिदी बैनीहरुलाई वीरगंजबासी पर्साबासी सबैलाई सदबुद्धि आओस भनेर पूजा आराधना गर्न समेत आग्रह गरे । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.