logo

जेनजी विद्यार्थीद्वारा प्रधानमन्त्री नियुक्ति र संसद विघटन विरुद्ध सर्वोच्चमा रिट

 इसीमाना सम्वाददाता     २०८२ असोज २८ गते ०५: ०८ मा प्रकाशित     626   पटक पढिएको

काठमाण्डौं । काठमाडौं विश्वविद्यालयमा कानुन विषयमा अध्ययनरत दुई युवा विद्यार्थी विपना शर्मा र आयुष बडालले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

 

 दुवै विद्यार्थी २८ वर्षभन्दा कम उमेरका जेनजी पुस्ताका हुन्।


रिटमा राष्ट्रपतिद्वारा संविधानको धारा ६१ अनुसार गत असोज २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको निर्णय संविधानविपरीत भएको दाबी गरिएको छ।

 

उनीहरूले प्रधानमन्त्रीको नियुक्ति संसदको विश्वासका बिना गरिएको भन्दै उक्त निर्णय र त्यसपछि भएका सबै सरकारी कार्य तथा सूचना असंवैधानिक ठहर गर्न माग गरेका छन्।


रिट निवेदनमा सर्वोच्चका पूर्वन्यायाधीशलाई सरकारी पदमा बस्न नपाइने संवैधानिक प्रावधान उल्लंघन भएको उल्लेख छ। साथै, प्रधानमन्त्रीको नियुक्ति नै असंवैधानिक भएकाले संसद विघटन पनि स्वतः अमान्य हुने र संसद पुनःस्थापना गर्न आदेश जारी गर्न माग गरिएको छ।


विद्यार्थीहरूले “आवश्यकताको सिद्धान्त” गलत रूपमा प्रयोग गरिएको उल्लेख गर्दै, यस्तो सिद्धान्त कानुनी विकल्प नहुँदा मात्र लागू गर्न सकिने स्पष्ट पारेका छन्। उनीहरूले सभामुख र राष्ट्रपति कार्यालयलाई संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न परामादेश माग गरेका छन्।


सर्वोच्च अदालतमा भदौ २४ गते भएको आगजनीपछि नयाँ मुद्दा दर्ता रोकिएको थियो। अदालतले आजदेखि दर्ता पुनः सुरु गरेसँगै प्रधानमन्त्री नियुक्ति र संसद विघटन सम्बन्धी यो पाँचौँ रिटका रूपमा सर्वोच्चमा मुद्दा दर्ता भएको छ।

 

तयस्तै अधिवक्ता कृतिनाथ शर्मा पौडेलले मंगलबार सर्वोच्च अदालतमा  रिट दायर गर्दै, संविधानको धारा ७६ अनुसार प्रधानमन्त्रीको नियुक्ति प्रक्रिया संसदीय दलको नेताबाट मात्र हुनसक्ने प्रावधानको उल्लंघन भएको बताएका छन ।

 

 उनले धारा ६१ अनुसार राष्ट्रपतिले संविधानको परिधिभित्र रहेर मात्र कार्य गर्नुपर्ने उल्लेख गर्दै, धारा १३२ अन्तर्गत पूर्वप्रधानन्यायाधीशलाई सरकारी जिम्मेवारीका लागि अयोग्य ठहर गरिएको दाबी गरेका छन। अधिवक्ताले यी कदमहरूलाई असंवैधानिक भन्दै, तत्काल अन्तरिम आदेशको माग गरेका छन्।

 

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार, अहिलेसम्म छ वटा रिट निवेदन दर्ता भइसकेका छन्, र अरु निवेदनहरू पनि पेश हुने क्रममा छन्। अदालतले यी रिटहरूमाथि अध्ययन गरेर प्रक्रिया अघि बढाउने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.