logo

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको भावुक सम्बोधनसँगै राजीनामा घोषणा, यादव मुख्यमन्त्री बन्ने बाटो खुल्यो

 इसीमाना सम्वाददाता     २०८२ असोज २८ गते ०२: ५४ मा प्रकाशित     338   पटक पढिएको

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शुक्रबार प्रदेश सभा बैठकमा भावुक सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका छन्। सिंहले राजनीतिक दबाब र परिस्थितिले आफूलाई यो निर्णय लिन बाध्य पारेको बताएका छन।

 

सिंहले संसदमा भने, “म आत्मसम्मानका साथ जनताको हितमा यो निर्णयमा पुगेको हुँ। जनधनको सुरक्षा नै मेरो पहिलो प्राथमिकता हो।”

 

सिंहले यसअघि सामाजिक सञ्जालमार्फत पनि राजीनामा घोषणा गरेका थिए। उनले तत्कालीन अवस्थामा धनजनको क्षति हुनबाट रोक्नका लागि सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेको स्पष्ट पारेका छन्।

 

मुख्यमन्त्री सिंहले पार्टीभित्रबाट नेतृत्वकै असहयोग र अपमानका कारण आफूले यस्तो निर्णय लिनुपरेको बताएका छन। उनले राज्यमन्त्रीहरूको नियुक्ति र बर्खास्तगी पार्टी निर्देशनअनुसार गरे पनि पार्टी नेतृत्वले आफूलाई खलनायकका रूपमा चित्रित गरेको बताए।

 

उनले आफैं मुख्यमन्त्री रहेको अवस्थामा पार्टीको ससदीय दलले आफूलाई कुनै जानकारी नदिई सरकारबाट फिर्ता हुन निर्देशन दिएको भन्दै असन्तोष प्रकट गरे। सिंहले संसदमा आफ्नो कार्यकालमा गरेका कामहरूको फेहरिस्त प्रस्तुत गर्दै जनप्रतिनिधिको भूमिकामा गर्व व्यक्त गरे।

 

सिंहको राजीनामा घोषणा भएपछि संसदमा तय गरिएको विश्वासको मतको प्रस्ताव स्थगित गरिएको छ। राजीनामाको घोषणा गरेपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले बैठकमा जानकारी गराए। सभामुख रामचन्द्र मण्डलले सिंहलाई संविधानको धारा १६९ अनुसार प्रदेश प्रमुख समक्ष लिखित रूपमा राजीनामा बुझाउन निर्देशन दिएका छन।

 

सिंहको राजीनामापछि मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। दलहरूबीच भएको सहमति अनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्ण यादव मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको स्रोतहरूले जनाएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.