logo

मधेशमा सत्ता समीकरण फेरिँदै, सिंहको विश्वासको मत ‘राजनीतिक बेइमानीको जवाफ’ कि अन्तिम संघर्ष ?

 इसीमाना सम्वाददाता     २०८२ असोज २५ गते ०६: ४० मा प्रकाशित     295   पटक पढिएको

जनकपुरधाम ।  मधेश प्रदेशको सत्ता फेरि संकटमा छ। नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको दाबी पेश गरिरहँदा, जनमत पार्टीका नेता तथा मुख्यमन्त्री सतीशकुमार सिंह भने अल्पमतको अवस्थामै प्रदेश सभाबाट विश्वासको मत लिने तयारीमा छन।

 

२४ भदौमा ‘जेन–जी आन्दोलन’ चलिरहेकै बेला सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका सिंह अहिले पुनः विश्वासको मतको तयारीमा लाग्नुले प्रदेश राजनीतिमा नयाँ मोड ल्याएको छ।

 

करिब १५ महिनाअघि जनमत पार्टीका तर्फबाट नेकपा .एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी  र साना दलहरूको समर्थनमा सिंह मुख्यमन्त्री बनेका थिए। तर समयक्रममा ती सबै दलहरूले समर्थन फिर्ता लिएपछि उनी पूर्ण रूपमा अल्पमतमा परेका छन।

 

जनमत पार्टीले समेत पार्टी निर्देशन उल्लङ्घन गरेको भन्दै सिंहलाई फिर्ता बोलाइसकेको छ। तर सिंह आफ्नै राजनीतिक अस्तित्व र नीतिगत अडानका कारण पद नत्याग्ने मोडमा छन। 

 

उनका अनुसार, ‘सुरुमा कांग्रेस र एमालेका नेताहरूले राजीनामा नदिन अनुरोध गरे। म उनीहरूको आग्रहमा टिकें, तर अहिले आएर उनीहरूले बेइमानी गरे।’

 

मधेश प्रदेश विगत केही वर्षदेखि नै सत्ता–सन्तुलनको अस्थिर घेरामा छ। प्रायः सबै मुख्यमन्त्रीहरू विश्वासको मत वा समर्थन फिर्ताको कारणले बारम्बार सत्ताबाट बाहिरिएका छन।

 

 सिंहको केस पनि त्यसैको निरन्तरता हो— जहाँ पार्टी निर्णय, व्यक्तिगत प्रतिष्ठा र शक्ति समीकरणबीच टकराव छ।

विश्लेषकहरूका अनुसार, सिंहको यो कदम ‘संविधानिक औपचारिकता मात्र नभई राजनीतिक सन्देश’ पनि हो।

 

उनी विश्वासको मत जित्ने सम्भावना कम भए पनि, यस कदममार्फत आफ्नो पक्षमा जनमत र सहानुभूति जुटाउने प्रयास गरिरहेका छन्।


अर्कातर्फ, नेपाली कांग्रेसले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको दाबी गरिसकेको छ।

 

 कांग्रेसले जनमत, माओवादी लोसपा र अन्य साना दलहरूलाई साथमा लिएर नयाँ गठबन्धन बनाउने प्रयास गरिरहेको छ।

 

 यस कदमले मधेशको सत्ता फेरि नयाँ राजनीतिक समीकरणमा पुनर्गठित हुने संकेत दिएको छ।


मुख्यमन्त्री सिंहको विश्वासको मतप्रति सबैको नजर केन्द्रित छ। यो मत जित्नु उनको लागि लगभग असम्भव देखिए पनि, उनले राजनीतिक नैतिकता र बेइमानीको प्रश्न उठाउँदै आफूलाई ‘पीडित’ नेताको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन।

 सिंहको विश्वासको मत केवल एक प्रदेश सरकारको संकट होइन, मधेशको स्थायित्व र प्रदेश–राजनीतिक परिपक्वताको परीक्षा पनि हो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.