logo

पार्टीभित्रैबाट प्रचण्डलाई प्रश्न ! कमरेड  ६४ लाखको रोलेक्स घडी र २८ लाखको लुई भिटन ब्यागको स्रोत के हो ?

 इसीमाना सम्वाददाता     २०८२ असोज १० गते ०४: ३८ मा प्रकाशित     396   पटक पढिएको

काठमाण्डौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर प्रश्नको घेरामा परेका छन।

 

बैठकमा केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले, प्रचण्डले लगाउने ६४ लाख रुपैयाँको रोलेक्स घडी र उनकी छोरी गंगा दाहालले बोक्ने २८ लाख रुपैयाँको लुई भिटन ब्यागको वैधानिकता र स्रोतबारे प्रष्टिकरण मागेका हुन।

 

पन्तले प्रत्यक्ष प्रचण्डलाई चुनौती दिंदै भने, “यदि यी सामग्री खरिदका समाचार झुटा हुन् भने संसदमा प्रश्न उठाउने नेपाली कांग्रेसका सांसद सुनील शर्मा र समाचार प्रकाशन गर्ने मिडियाविरुद्ध मानहानिको मुद्दा दायर गर्नुस्। होइन भने, अध्यक्षले पार्टी र जनतालाई जवाफ दिनैपर्छ।”

 

उनले थपे, “लामो समयदेखि अध्यक्षले ६४ लाखको घडी लगाएको र गंगा दाहालले २८ लाखको ब्याग बोकेको कुरा सार्वजनिक हुँदै आएको छ। एक पटक होइन, पटक–पटक मिडियामा आएको छ। यसलाई पुष्टि गर्नुपर्ने बेला आएको छ।”

 

पन्तले ती सामग्री उपहारस्वरूप प्राप्त भएको भए पनि त्यसलाई व्यक्तिगत विलासी जीवनमा प्रयोग गर्नु नैतिक रूपमा आपत्तिजनक हुने तर्क गरे।


केन्द्रीय समितिको बैठकमा पन्तले २०६५ सालमा सञ्चारमन्त्री रहेका कृष्णबहादुर महराको कार्यकालमा अजय सुमार्गीको ‘हेलो नेपाल’ टेलिकमलाई गरिएको विशेष सुविधा पनि पुनः छानबिनको माग गरे।

 

उनले आरोप लगाउँदै भने, “नेपाल टेलिकम र एनसेलले लाइसेन्स तथा नवीकरण शुल्कमा २०–२० अर्ब तिर्नुपरेको बेला सुमार्गीको कम्पनीलाई जम्मा ४९ लाख ५० हजार मात्र तिराइयो। यसबाट हेलो नेपाललाई करिब १९ अर्ब ९९ करोड ५० लाख बराबरको प्रत्यक्ष लाभ पुगेको छ। यस्तो निर्णय कसको प्रभावमा भयो भन्नेबारे अब पार्टीभित्रै छानबिन हुनुपर्छ।”

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.