logo

एमालेका अगुवा कार्यकर्ताको भेला ,पर्साको नेतृत्वको तिब्र आलोचना पदत्याग गर्न नेताहरुलाई सुझाव

 इसीमाना सम्वाददाता     २०८२ असोज ९ गते ०८: २६ मा प्रकाशित     347   पटक पढिएको

वीरगंज । नेकपा एमालेले पर्साका प्रदेश कमिटी र पालिका कमिटीका अध्यक्षहरुको भेला सम्पन्न गरेको छ । प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवको अध्यक्षतामा भएको छलफलमा पार्टीको पूर्नसंरचनाको बिषयमा कुरा उठेको छ ।

 

उनीहरुले भाद्र २३ र २४ गते भएको घटनाको निष्पक्ष छानविन हुन पर्ने माँग गरेका छन । उनीहरुले छानविनबाट दोषी देखिने जो कोही पनि कारवाहीको दायरामा पर्नु पर्नेमा पार्टीले आफनो प्रष्ट धारणा राख्नु पर्नेमा जोड दिएका छन ।

 

बिचार राख्ने अधिकांश नेताहरुले पार्टीको पर्सा जिल्ला कमिटी र त्यसका इन्चार्जको भूमिकाको बिषयमा गम्भिर आलोचना गर्न साथै उनीहरुलाई पद त्याग गर्न केहीले सुझाव र केहीले माँग गरेका छन ।

 

भेला पर्सा जिलला कमिटीको नेतृत्वका बिषयमा निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । पार्टीका जिल्ला अध्यक्ष डा.बिश्ववम्भर शर्मा, सचिव महेश दास ,इन्चार्ज प्रभू हजरा केन्द्रीय सदस्य निर्मला देवकोटा संकटको बेलामा देखा नपरेको कार्यकर्ता भावनालाई बुझ्ने कोशीस नगरेको पार्टी कार्यालय जल्दा समेत  पार्टी कार्यालयमा नगएको नेता कार्यकर्ताको सम्पर्कमा नरहेको चाकरी चाप्लुसीका माध्यमबाट पद प्रतिष्ठा हासिल गरेको भन्दै यस्तो खाले नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टीको पर्सा नेतृत्वको पूर्नसंरचनाको माग गरेका थिए । 


पार्टीको भेलामा बिचार ब्यक्त गर्नेहरु प्रदेश कमिटीका सदस्य शम्भू गुप्ता, बिना शर्मा, लक्ष्मी श्रेष्ठ, रन्जु फूयाल , सुष्मा कुशवाहा, वीरेन्द्र यादव,  लगायतका नेताहरु रहेका थिए । 


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ता, अरविन्द कुमार सिंह, पार्टीका बरिष्ठ नेता प्रहलाद गिरी पार्टीका जिल्ला उपाध्यक्ष मनोज गुप्ता लगायतले बर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नु भूमिका कार्यकर्ताको दायित्वका बिषयमा प्रकाश पारेका थिए ।

 

कार्यक्रममा  जेन जी आन्दोलनमा शहादत प्राप्त शहीदहरु प्रति श्रद्धाञ्जली घाइतेहरुको शिघ स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रदश सदस्य सलाउदीन अहमदले गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

वीरगन्जमा गर्भवती महिला उद्दार, अस्पतालमा उपचार सुरु

वीरगन्ज १२ । वीरगन्जको बहुवरी क्षेत्रबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ। शनिबार राति नाम–थर बताउन नसक्ने अवस्थामा भेटिएकी ती महिलालाई मानव सेवा आश्रम वीरगन्जले सुरक्षित राखेको छ।

सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

बरहथवा  ।  सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ भने, अर्का एक जना गम्भीर घाइते भएका छन् ।

खेलकुद

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।

नेपाल तेक्वान्दो संघको दोस्रो अधिवेशन सम्पन्न, श्रेष्ठ पुनः अध्यक्ष निर्वाचित

वीरगंज । नेपाल तेक्वान्दो संघ पर्साको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले संस्थाका वर्तमान अध्यक्ष गणेशमान श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.