logo

एमालेका अगुवा कार्यकर्ताको भेला ,पर्साको नेतृत्वको तिब्र आलोचना पदत्याग गर्न नेताहरुलाई सुझाव

 इसीमाना सम्वाददाता     २०८२ असोज ९ गते ०८: २६ मा प्रकाशित     656   पटक पढिएको

वीरगंज । नेकपा एमालेले पर्साका प्रदेश कमिटी र पालिका कमिटीका अध्यक्षहरुको भेला सम्पन्न गरेको छ । प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादवको अध्यक्षतामा भएको छलफलमा पार्टीको पूर्नसंरचनाको बिषयमा कुरा उठेको छ ।

 

उनीहरुले भाद्र २३ र २४ गते भएको घटनाको निष्पक्ष छानविन हुन पर्ने माँग गरेका छन । उनीहरुले छानविनबाट दोषी देखिने जो कोही पनि कारवाहीको दायरामा पर्नु पर्नेमा पार्टीले आफनो प्रष्ट धारणा राख्नु पर्नेमा जोड दिएका छन ।

 

बिचार राख्ने अधिकांश नेताहरुले पार्टीको पर्सा जिल्ला कमिटी र त्यसका इन्चार्जको भूमिकाको बिषयमा गम्भिर आलोचना गर्न साथै उनीहरुलाई पद त्याग गर्न केहीले सुझाव र केहीले माँग गरेका छन ।

 

भेला पर्सा जिलला कमिटीको नेतृत्वका बिषयमा निकै आक्रमक रुपमा प्रस्तुत भएको थियो । पार्टीका जिल्ला अध्यक्ष डा.बिश्ववम्भर शर्मा, सचिव महेश दास ,इन्चार्ज प्रभू हजरा केन्द्रीय सदस्य निर्मला देवकोटा संकटको बेलामा देखा नपरेको कार्यकर्ता भावनालाई बुझ्ने कोशीस नगरेको पार्टी कार्यालय जल्दा समेत  पार्टी कार्यालयमा नगएको नेता कार्यकर्ताको सम्पर्कमा नरहेको चाकरी चाप्लुसीका माध्यमबाट पद प्रतिष्ठा हासिल गरेको भन्दै यस्तो खाले नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने भन्दै पार्टीको पर्सा नेतृत्वको पूर्नसंरचनाको माग गरेका थिए । 


पार्टीको भेलामा बिचार ब्यक्त गर्नेहरु प्रदेश कमिटीका सदस्य शम्भू गुप्ता, बिना शर्मा, लक्ष्मी श्रेष्ठ, रन्जु फूयाल , सुष्मा कुशवाहा, वीरेन्द्र यादव,  लगायतका नेताहरु रहेका थिए । 


कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य राजकुमार गुप्ता, अरविन्द कुमार सिंह, पार्टीका बरिष्ठ नेता प्रहलाद गिरी पार्टीका जिल्ला उपाध्यक्ष मनोज गुप्ता लगायतले बर्तमान अवस्थामा पार्टीले निर्वाह गर्नु भूमिका कार्यकर्ताको दायित्वका बिषयमा प्रकाश पारेका थिए ।

 

कार्यक्रममा  जेन जी आन्दोलनमा शहादत प्राप्त शहीदहरु प्रति श्रद्धाञ्जली घाइतेहरुको शिघ स्वास्थ्य लाभको कामना समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण प्रदश सदस्य सलाउदीन अहमदले गरेका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.