काठमाडौं । अनलाइन समाचार पोर्टल (सञ्चारमाध्यम) अब सीधै सूचना विभागमार्फत दर्ता गर्न सकिने भएको छ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन।
उनका अनुसार अघिसम्म अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटाइएकाले अब प्रक्रिया सहज र एकीकृत हुनेछ।
“अब अनलाइन दर्ता तथा नवीकरण सूचना विभागमै हुनेछ, जिल्ला प्रशासन कार्यालयमा जानुपर्ने छैन,” मन्त्री खरेलले भने।
तपाईको प्रतिक्रिया