logo

जेन जी आन्दोलनका शहीदहरुप्रति पर्सा कांग्रेस र मिसा देय दबुको सम्मान र श्रद्धाञ्जली

 इसीमाना सम्बाददाता     २०८२ असोज ४ गते ०८: ३७ मा प्रकाशित     640   पटक पढिएको

वीरगंज ।  नेपाली कांग्रेस पर्साले वीरगंजमा जेन जेड आन्दोलनमा ज्यान गुमाएका युवा, प्रहरी र नागरिकहरूलाई सम्मान गर्दै १३औँ पुण्यतिथिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेको छ।

 

कार्यक्रममा उपस्थित नेताहरूले राष्ट्रिय एकता र युवा सहभागिताको महत्वमा जोड दिँदै, जीवनको मूल्यलाई सधैं सम्मान गर्नुपर्ने कुरामा जोड दिए ।

 

सहभागीहरूले भावपूर्ण मौन धारण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरे। भदौ २३ र २४ गते भएको आन्दोलनमा ७५ जना नागरिकको ज्यान गएको थियो ।

कार्यक्रमको समापनमा “भावपूर्ण)श्रद्धाञ्जली” भन्ने ह्यासट्यागसहित सामाजिक संजालमा श्रद्धाञ्जली अभिव्यक्त गरिएको छ।

 

 नेपाली कांग्रेस पर्साका सपापति एवं मधेश सरकारका कृषिसहकारी तथा भूमी सुधारमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, जिल्लाका उपसभापति रामनारायण कुर्मी, बिजय सर्राफ। महम्मद शाहबुदिन,श्याम पोख्रेल पूर्व मन्त्री ओम प्रकाश शर्मा सहित युवा नेताहरुको सहभागिता रहेको थियो ।

 

त्यसैगरि  नेपाल – मिसा देय् दबु जिल्ला कार्य समिति पर्साको आयोजनामा वीरगंजको घण्टाघरमा भदौ २३ र २४ गते शहादत प्राप्त शहीदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा सहभागीहरूले शहीदहरूको अदम्य साहस र त्यागलाई सम्मान गर्दै दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। आयोजकहरूले शहीदहरूको बलिदानलाई सदैव सम्झन र राष्ट्रिय एकताको महत्वलाई उजागर गर्नुपर्नेमा जोड दिएका छन्।

May be an image of 4 people, temple and text

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.