logo

मधेस प्रदेश सरकारको सेवा दसैँपछि पूर्ण रुपमा सञ्चालन हुन्छः मुख्यमन्त्री सिंह

 इसीमाना सम्बाददाता     २०८२ असोज ४ गते ०४: १० मा प्रकाशित     337   पटक पढिएको

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजी प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीका कारण क्षतिग्रस्त भएका सरकारी कार्यालयहरू बडादसैँपछि मात्र पूर्ण रूपमा सञ्चालनमा आउने जानकारी दिएका छन  ।

 

मुख्यमन्त्री सिंहले शनिवार पत्रकारहरूसँग कुरा गर्दै  प्रदर्शनका क्रममा प्रदेश सरकारका विभिन्न निकायका भौतिक संरचनामा व्यापक क्षति पुगेको हुँदा मर्मत तथा सुधारका काममा अझै केही समय लाग्ने बताए ।

 

उनका अनुसार, सुरक्षाको अवस्था क्रमिक रूपमा सुधार हुँदै गएकाले मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरूको उपस्थिति  सुरु भएको छ तर काम गर्न भौतिक संरचनाको अभाव अझै चुनौतीका रूपमा रहेको छ ।

 

यसैबीच, क्षतिग्रस्त संरचनाहरूको मूल्याङ्कन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रदेशसभा भवनसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मधेस प्रदेशसभा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिंचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको थियो । साथै, सरकारी सवारीसाधनहरू क्षतिग्रस्त हुनुका साथै विभिन्न समानहरूको लुटपाट समेत भएको छ ।

 

मुख्यमन्त्री सिंहले आवश्यक मर्मत, सुरक्षा र वातावरणीय तयारीपछि बडादसैँ सकिएलगत्तै सम्पूर्ण सेवा प्रवाहलाई पूर्ण रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.