logo

वीरगंज महानगरको बजेट पुनः निर्माणतर्फ संशोधन, सहिद असहाब आलमका परिवारलाई ५ लाख सहयोग

 इसीमाना सम्वाददाता     २०८२ असोज ४ गते ११: ३८ मा प्रकाशित     491   पटक पढिएको

वीरगंज । वीरगंज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ को बजेटलाई संशोधन गर्दै नगर पुनःनिर्माणलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

 

शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले गत भदौ २४ गतेको आन्दोलनपश्चात ध्वस्त बनेको महानगरको संरचना पुनः निर्माण गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको हो।

 

गत महिनाको २४ गते सचेत युवाहरू (जेनजी) नेतृत्वको आन्दोलनले महानगर कार्यालय भवनसहित सम्पूर्ण संरचना खरानी बनेपछि नगरवासीलाई सेवा प्रवाहमा गम्भीर समस्या आएको थियो।

 

 यही पृष्ठभूमिमा नगरसभाले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको पूर्व बजेट संशोधन गरी करिब ३० करोड रुपैयाँ पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको हो।

 

संशोधित बजेटअन्तर्गत प्रशासनिक भवन निर्माण, सवारी साधन तथा मेसिनरी उपकरण खरिद, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर जस्ता आवश्यक सामग्रीको व्यवस्था, गाडी भाडा, बिजुलीबत्ती, कार्यालय मर्मत लगायतका कार्य प्राथमिकतामा पर्नेछन्।

 

महानगर प्रमुख राजेशमान सिंहले विशेष अधिवेशनमा बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्दै नगरको सेवा प्रवाहलाई पुनःस्थापना गर्न बजेट पुनःसंयोजन अपरिहार्य भएको बताए।

 

यसैबीच, विशेष अधिवेशनले आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागी शहादत प्राप्त गरेका वीरगंज–१२ का युवा असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि सर्वसम्मत पारित गरेको छ।

 

यो निर्णयले एकातिर शहिद परिवारलाई सम्मान गर्ने सन्देश दिएको छ भने अर्कोतर्फ पुनःनिर्माणलाई प्राथमिकतामा राख्दै नगरलाई चाँडै सेवा–सुगम अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.