वीरगञ्ज । संविधान दिवस–२०८२ को अवसरमा नेकपा एमाले वीरगञ्ज महानगर कमिटीले आज एक विशेष कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ।
कार्यक्रममा पार्टीका जिल्ला र महानगर स्तरका पदाधिकारी, जनप्रतिनिधि, महिला तथा युवा संगठनका प्रतिनिधि, कार्यकर्ता र स्थानीय सरोकारवालाको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिथिका रूपमा सम्बोधन गर्दै नेताहरूले २०७२ सालमा जारी भएको नेपालको संविधानलाई ऐतिहासिक उपलब्धि ठहर गर्दै यसको संरक्षण र कार्यान्वयन सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
पार्टीका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले लोकतान्त्रिक मूल्य–मान्यता, सामाजिक न्याय, समानता र समावेशी अधिकारलाई संविधानको मेरुदण्डका रूपमा व्याख्या गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सबै तह र तप्काले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए।
उनले शान्तिपूर्ण जनक्रान्तिको जगमा स्थापित संबिधान कसैको निगाहमा नवनेको चर्चा गर्दै त्यही संबिधान समाप्तकालागि बिभिन्न कोणबाट भएका षडयन्त्र भएकोले सचेत हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार एवं वीरगंज महानगरका निर्वतमान प्रमुख बिजय कुमार सरावगी लगायतका नेताहरुले संबिधानको रक्षाका निम्ति नेकपा एालेको भूमिकाको बारेमा र्चा गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपालको संविधानलाई राष्ट्रिय एकता र समृद्ध भविष्यको आधारशिला भन्दै दीर्घायुको कामना गरेका थिए।
एमाले वीरगञ्ज महानगर कमिटीका पदाधिकारीहरूले संविधान दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा मनाइरहनुपर्ने बताए। साथै, उनले संविधानका मर्म र भावना कार्यान्वयन गर्ने प्रक्रियामा एमाले सदैव अग्रपंक्तिमा रहने प्रतिबद्धता जनाए।
तपाईको प्रतिक्रिया