वीरगञ्ज । नेपाली कांग्रेस पर्साले शुक्रबार आफ्नो पार्टी कार्यालयमा संविधान दिवसको अवसमा विशेष कार्यक्रम आयोजना गर्दै ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
कार्यक्रममा संविधानको प्राप्तिका लागि सहादत दिएका सहिद तथा परिवर्तनको आन्दोलनका क्रममा जेनजी आन्दोलनमा बलिदान भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।
नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी रहेका थिए ।
कार्यक्रममा नेता रामनारायण कुर्मी, इंमतियाज आलम, दिनेश चौधरी, रमेश पाण्डे, प्रेम थापा, जिल्ला सदस्य धर्मेन्द्र कुमार पटेल, महिला नेतृ किरण शर्मा र आशा चौहान, नेपाल विद्यार्थी संघ, तरुण दल लगायतका विभिन्न तह–तप्काका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
कार्यक्रमले संविधान दिवसलाई मात्र स्मरण गरेन, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिवद्धतालाई समेत सुदृढ बनाएको नेताहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया