logo

संविधान दिवसमा मुख्यमन्त्री सिंह, संघीयता जोगाउन संसदको सामना गर्छु

 इसीमाना सम्बाददाता     २०८२ असोज ३ गते ०५: २७ मा प्रकाशित     381   पटक पढिएको

जनकपुरधाम । संविधान घोषणा भएको १० वर्ष पूरा भएको अवसरमा मधेश प्रदेश सरकारले शुक्रबार संविधान दिवस मनायो ।

 

 जेनजी आन्दोलनका कारण क्षतिग्रस्त मधेश भवनभित्रको कभर्ड हलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सतिश कुमार सिंहले आफ्ना विवादित कदमबारे सार्वजनिक टिप्पणी गर्दै संघीयताको रक्षामा आफू दृढ रहेको दाबी गरे ।

 

सिंहले समारोहमा पार्टी र जनतामाझ मिश्रित सन्देश दिएका छन् । एकातिर उनले फेसबुकमार्फत राजीनामा दिएको स्वीकार गरे भने अर्कोतिर संसदको विश्वासको मत सामना गरेर पदमै टिक्ने अठोट दोहोर्याए ।

 

 राष्ट्रपतिले संविधानको रक्षा गर्न राजीनामा दिएनन म पनि संघीयता जोगाउन संसदको सामना गरेरै अघि बढ्छु,उनले भने ।

 

तर सिंहको भनाइले प्रश्न उठाएको छ । फेसबुकजस्ता सामाजिक सञ्जालमा आवेगमा लेखिएको राजीनामाले प्रदेश सरकारको विश्वसनीयता र गम्भीरता कमजोर बनाएको विश्लेषकहरूको टिप्पणी छ ।

 

जनताले प्रत्यक्ष निर्वाचित नगरेको प्रदेश सरकारको नेतृत्वले यस्तो हल्का प्रयोग गर्दा संस्थागत अभ्यासमा नकारात्मक असर परेको भन्दै आलोचना भइरहेको छ ।

 

सिंहले दलका नेतृत्त्व र विज्ञसँग सल्लाह गरेर मात्रै आफ्नो कदमलाई परिमार्जन गरेको बताएका छन् । तर यो प्रक्रियाले दलभित्रको गहिरो असमञ्जस मात्र देखाएको छ भन्ने पनि टिप्पणी आएको छ ।

 

पार्टीले मुख्यमन्त्री नै ठिक भन्ने संकेत गर्छ कि सिंहलाई प्रतिस्थापन गर्छ भन्ने अन्योल अझै कायम छ । यद्धपी मुख्यमन्त्री सिंहले संसदको सामना गर्ने र त्यसबाट पार्टील े पनि आफ्नो कदम ठिक भएको  निष्कर्ष निकाल्ने बिश्वास ब्यक्त गरेका छन । 

 

यसरी संविधान दिवसजस्तो अवसरमा मधेश प्रदेशले उत्सवभन्दा बढी राजनीतिक तरङ्ग अनुभव गरेको छ । संबिधानको उत्सव भन्दा पनि  प्रदेश राजनीतिमा नेतृत्व संकट र संस्थागत परिपक्वताको प्रश्न उजागर गरिदिएको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.