logo

संविधान दिवसमा वीरगञ्जमा मधेसी मोर्चाको विरोध प्रदर्शन

 इसीमाना सम्बाददाता     २०८२ असोज ३ गते १२: ३४ मा प्रकाशित     617   पटक पढिएको

वीरगञ्ज । संविधानले मधेसलाई अपुरो अधिकार र विभेदपूर्ण व्यवस्था गरेको भन्दै सात दलीय मधेसी मोर्चाले शुक्रबार वीरगञ्जमा विरोध कार्यक्रम गरेको छ।

 

 संविधान दिवसको अवसरमा मोर्चाले हातमा कालो पटी बाँधेर कालो दिवस मनाउँदै वीरगञ्जको घण्टाघरस्थित शहीद स्मारकमा पुगेर मधेस आन्दोलनका सहिदहरूको सालिकमा माल्यार्पण गरेका छन।

 

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, जनमत पार्टीकी नेतृ करिमा बेगम, शशिकपुर मियाँ, निजामुदिन सेमानी, र घनश्याम प्रसाद सहित मोर्चाका नेताकार्यकर्ताहरूको उपस्थिति थियो।

 

 उनीहरूले संविधानले मधेसलाई समान अधिकार नदिएको र संविधानका कमजोरी सच्याउन संशोधन अपरिहार्य भएको धारणा राखे।

जसपा अध्यक्ष यादवले मधेस आन्दोलनको बलिदानलाई बिर्सन नहुने बताउँदै, “संविधानले अझै मधेसलाई न्याय दिएको छैन, त्यसैले हाम्रो संघर्ष जारी रहनेछ,” भनेर स्पष्ट पारे।

 

जनमत नेतृ करिमा बेगमले महिलामाथि हुने भेदभाव अन्त्य गर्दै समानुपातिक हक सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्। अन्य नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेस, थारू, आदिवासी–जनजाति, मुस्लिमलगायत समुदायका वास्तविक मागलाई बेवास्ता गरिएको आरोप लगाए।

 

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले हातमा कालो पटी बाँधेर असन्तुष्टि प्रकट गरेका थिए। स्थानीय बासिन्दाले पनि प्रदर्शनलाई नजिकैबाट अवलोकन गरेका थिए।

 

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्। त्यस्तै २०७२ साल असोज ३ गते जारी भएको संविधानको विरोध स्वरूप भएको मधेश आन्दोलनका क्रममा सहिद बनेका मधेशका  सत्रुघ्न पटेलको सम्झनामा उनको सालिकमा माल्यार्पण गरिएको छ 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.