logo

नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम दिएका जनमतका नेताहरुले नै छाडे पार्टी

 इसीमाना सम्वाददाता     २०८२ असोज २ गते ०६: ४९ मा प्रकाशित     397   पटक पढिएको

जनकपुरधाम ।  जनमत पार्टीका ६ जना नेताहरूले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।

 

राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका केन्द्रीय संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्यसहित केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन् ।

 

 उनीहरूले आजकै मितिदेखि साधारण सदस्यतासमेत त्यागी पार्टीबाट पूर्णरूपमा अलग हुने घोषणा गरेका हुन् ।

 

राजीनामा पत्रमा उनीहरूले नेपालको विषम परिस्थिति र जनअपेक्षाअनुरूप पार्टी नेतृत्वले आत्मालोचना गर्न नसकेको आरोप लगाएका छन् ।

 

 नेतृत्व परिवर्तनको मागलाई अस्वीकार गर्नुका साथै नेताहरूलाई अपमान गर्ने व्यवहार देखाएको पनि उनीहरूको आरोप छ ।


राजीनामा पत्रमा भनिएको छ, “नेपालको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनभावना अनुरूप नेतृत्व परिवर्तनको माग गरेका हौं ।

 

तर, तपाईंले हाम्रो मागलाई अवहेलना गर्दै जेनजी पुस्ताले बगाएको रगतको अपमान गर्नुभयो र उल्टै नेता–कार्यकर्तालाई अहंकारपूर्ण भाषामा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिनुभयो ।”


पद वा स्वार्थको राजनीतिभन्दा बाहिर रहने प्रतिबद्धता जनाउँदै उनीहरूले नयाँ पुस्ताको चाहना अनुरूप जेनजी पुस्ताकै नेतृत्वमा सहकार्य गर्ने घोषणा गरेका छन् ।


यसअघि उनीहरूले अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका थिए । तर, अध्यक्ष राउतले उल्टै असन्तुष्ट नेताहरूलाई नै राजीनामा दिन चेतावनी दिएका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.