प्रर्दशनमा ज्यान गुमाएकाको सम्झनामा अनेरास्ववियुको शोक सभा र दीप प्रज्वलन
इसीमाना सम्बाददाता
२०८२ असोज १ गते ०८: ०६ मा प्रकाशित
231 पटक पढिएको
काठमाडौँ, १ असोजः अनेरास्ववियुले ‘जेनजी’ प्रदर्शनमा ज्यान गुमाएकाहरूको सम्झनामा शोक सभा तथा दीप प्रज्वलन गरेको छ ।
अनेरास्व्वियुले प्रर्दशनीमार्गस्थित नेपाल ल क्याम्पसमा मौनधारण गरी शोक सभा तथा दीप प्रज्वलनआयोजना गरेको हो ।
अनेरास्ववियुका महासचिव दीपक धामीले जेनजी प्रर्दशनमा अकल्पनिय दुर्घटना भएर मुलुकले धेरै नै क्षति व्यहोर्नु परेको बताए ।
उनले प्रदर्शनका क्रममा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे । सभामा अनेरास्ववियूका इन्चार्ज किशोरविक्रम मल्ल, पूर्व अध्यक्ष समिक वडाल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
जेनजीले निष्क्रिय पारिएको सामाजिक सञ्जाल खुलाउनुपर्ने, भ्रष्टाचारको अन्त्यगरी सुशासन कायम गर्नुपर्ने, जवाफदेहीता र पारदर्शीता स्थापित गर्नुपर्नेलगायत माग गर्दै भदौ २३ र २४ गते देशैभरि आन्दोलन गरेका थिए ।
आन्दोलनका क्रममा हालसम्म ७३ जनाको मृत्यु भएको छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
वीरगंज । हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।
नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको छ । १ सय भन्दा बढी घाइते भएका छन, जसको उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।
वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्यो।
तपाईको प्रतिक्रिया