logo

महोत्तरीको   मनरा शिसवामा एमाले नगर कमिटीको विस्तारित बैठक सम्पन्न

 इसीमाना सम्बाददाता     २०८२ असोज १ गते ०८: ०१ मा प्रकाशित     352   पटक पढिएको

महोत्तरी ।  ने.क.पा. (एमाले) मनरा शिसवा नगर कमिटीले मनरा बजारस्थित महादेव मन्दिर धर्मशालामा विस्तारित बैठक सम्पन्न गरेको छ। बैठकको अध्यक्षता नगर अध्यक्ष  राजदेव चौधरीले गरेका थिए।

 

बैठकमा नगरभरिका सम्पूर्ण नेता तथा कार्यकर्ता उपस्थित थिए। बैठकले भदौ २३ र २४ गतेको आन्दोलनमा शहादत प्राप्त व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई सम्मान गरेको छ।

 

त्यसैगरी, बैठकमा समसामयिक राजनीतिक र सामाजिक विषयमा विस्तृत छलफल गरिएको थियो। उपस्थित नेताहरूले पार्टीको संगठन मजबुत बनाउने र आगामी कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्ने विषयमा रणनीति तय गरेका छन्।

 

बदलिदो अवस्थाका बारेमा पार्टी कार्यकर्ताहरुले निर्वाह गर्नु पर्ने भूमिकाको बारेमा पार्टीको केन्द्रीय सदस्य एवं मधेश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले प्रकाश पारेका थिए । 

 

बैठकको उद्देश्य केवल श्रद्धाञ्जली अर्पण मात्र नभई, नगरभरि पार्टी एकता, युवा सहभागिता र स्थानीय स्तरमा जनसंवादलाई थप सुदृढ बनाउनु रहेको आयोजकहरूले बताएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.