logo

महोत्तरी क्षेत्र नं.४ मा एमालेको भेला सम्पन्न,जेन जी’ नामको दुरुपयोग अस्वीकार्य

 इसीमाना सम्बाददाता     २०८२ भदौ २८ गते ०८: २८ मा प्रकाशित     673   पटक पढिएको

महोत्तरी । नेकपा (एमाले) महोत्तरी क्षेत्र नं.४ को आयोजनामा शनिबार सम्पन्न भेलाले हालको राजनीतिक परिस्थितिबारे गम्भीर मूल्याङ्कन गर्दै केही ठोस निर्णय गरेको छ।

 

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिक परिप्रेक्ष्यसम्म भएका गतिविधिको समीक्षा गर्दै भेलाले विशेष गरी जेन जी’ नामको दुरुपयोग र त्यसको आडमा भइरहेका गतिविधिबारे सचेत रहन अपिल गरेको छ।

May be an image of 4 people

भेलामा सहभागी नेताहरुले हाल केही समूहहरूले आफूलाईजेन जी  भन्दै, तर वास्तविक रूपमा त्यस पुस्ता वा विचारसँग सम्बन्ध नभई, अन्य पार्टी वा व्यक्तिगत स्वार्थका आधारमा गतिविधि गर्दै आएको आरोप लगाएका छन्।

 

उनीहरूले आन्दोलनको नाममा व्यक्तिगत सम्पत्ति तोडफोड, क्षति पुर्‍याउने र प्रतिशोधपूर्ण शैली देखाउने कार्यलाई ‘कदापि स्वीकार्य नहुने’ ठहर गरेका छन्।

 

निर्णयमा भनिएको छ,जेन जी का नाममा जेन जी नभएका समूहहरू वा अन्य पार्टीका कार्यकर्ताले एमाले भएकै कारण व्यक्तिगत सम्पत्ति लक्षित गर्ने कार्य गरिएमा त्यसको प्रतिकार गर्न सबै साथीहरू मिलेर तयार हुने प्रतिवद्धता जनाएका छन ।”

May be an image of one or more people

भेलाले यसलाई केवल राजनीतिक आडम्बर नभई सामाजिक अस्थिरता निम्त्याउने गम्भीर कार्यका रूपमा चित्रण गरेको छ। स्थानीय बासिन्दाले पनि यसप्रति चिन्ता व्यक्त गरेको र पार्टीले त्यसको जिम्मेवारीपूर्वक जवाफ दिनुपर्ने धारणा राखिएको छ।

 

यस्तै, भेलामा हाल देशभर देखिएको राजनीतिक असन्तुलन, पार्टीगत ध्रुवीकरण र युवा पुस्ताको नाममा भइरहेका गतिविधि कसरी व्यवस्थित गर्ने भन्नेबारे पनि छलफल भएको थियो।

 

 नेताहरूले एमालेप्रति विश्वास गर्ने जनतामाझ भ्रम सिर्जना गर्ने, जनताको सम्पत्तिमा हानि पुर्याउने वा व्यक्तिगत हिसाब किताब चुकाउने शैली अब सह्य नहुनेमा जोड दिएका छन्।

 

कार्यक्रममा वक्ताहरूले स्थानीय स्तरमा संगठनलाई थप मजबुत बनाउनुपर्ने, आम कार्यकर्ता र जनताबीच समन्वय गरेर राजनीति अझ शान्तिपूर्ण बाटोमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

May be an image of 1 person and text

 साथै, गलत गतिविधि गर्नेहरूलाई सामाजिक रूपमा चिनारी दिने र आवश्यक कानुनी कारबाहीका लागि दबाब सिर्जना गर्ने निर्णय पनि गरिएको छ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मधेश सरकारका भौतीक पूर्वाधार मन्त्री सरोज यादवले एमाले महोत्तरी क्षेत्र नं.४ का सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई संयमित, सजग र एकताबद्ध रहन निर्देशन दिएका थिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.