logo

संविधानको रक्षाका निम्ति पत्रकारहरुको देशैभर मौन प्रर्दशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ २७ गते ०४: १३ मा प्रकाशित     599   पटक पढिएको

वीरगन्ज । देशमा जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकारहरूले संविधानमा टेकेर निकास खोज्न मौन प्रदर्शन गरेका छन्।

 

नेपाल पत्रकार महासंघ, पर्सा शाखाको आह्वानमा भएको यो प्रदर्शनमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरूले देशलाई ठूलो दुर्घटनाबाट जोगाउनका लागि जेनजीका मागहरूलाई संविधानको दायराभित्रै रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

 

उनीहरूले वर्तमान संवैधानिक व्यवस्थालाई नै आधार मानेर देशलाई अगाडि बढाउनुपर्ने माग राखेका छन्।

 

प्रदर्शनमा महासंघका केन्द्रीय सचिव अशोक तिवारी र केन्द्रीय लेखा संयोजक के.सी.लामिछाने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी पर्साका उपाध्यक्ष  अलीअसगर देवान प्रेस सेन्टरका मधेश अध्यक्ष निरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष लक्ष्मी खरेल पत्रकार मध्य नेपाल साप्ताहिकका सम्पादक कविता खड्का सहित विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

 देशको वर्तमान संकटको समाधानका लागि चिन्तित रहेको र शान्तिपूर्ण तथा संवैधानिक बाटोबाट नै समाधान खोज्नुपर्छ भन्ने सहभागी पत्रकारहरुको धारणा रहेको थियो । नेपाल पत्रकार महासंघ संगै शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलन (पापड)को आयोजनामा देशैभर संविधानको रक्षाको माँग गर्दै प्रर्दशन तथा र्याली भएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.