logo

संविधानको रक्षाका निम्ति पत्रकारहरुको देशैभर मौन प्रर्दशन

 इसीमाना सम्वाददाता     २०८२ भदौ २७ गते ०४: १३ मा प्रकाशित     330   पटक पढिएको

वीरगन्ज । देशमा जेनजी आन्दोलनले निम्त्याएको राजनीतिक शून्यता र अन्योलको अवस्थालाई सम्बोधन गर्न पर्साका पत्रकारहरूले संविधानमा टेकेर निकास खोज्न मौन प्रदर्शन गरेका छन्।

 

नेपाल पत्रकार महासंघ, पर्सा शाखाको आह्वानमा भएको यो प्रदर्शनमा करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

 

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा पत्रकारहरूले देशलाई ठूलो दुर्घटनाबाट जोगाउनका लागि जेनजीका मागहरूलाई संविधानको दायराभित्रै रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

 

उनीहरूले वर्तमान संवैधानिक व्यवस्थालाई नै आधार मानेर देशलाई अगाडि बढाउनुपर्ने माग राखेका छन्।

 

प्रदर्शनमा महासंघका केन्द्रीय सचिव अशोक तिवारी र केन्द्रीय लेखा संयोजक के.सी.लामिछाने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी पर्साका उपाध्यक्ष  अलीअसगर देवान प्रेस सेन्टरका मधेश अध्यक्ष निरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष लक्ष्मी खरेल पत्रकार मध्य नेपाल साप्ताहिकका सम्पादक कविता खड्का सहित विभिन्न राजनीतिक दल निकट पत्रकार संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

 देशको वर्तमान संकटको समाधानका लागि चिन्तित रहेको र शान्तिपूर्ण तथा संवैधानिक बाटोबाट नै समाधान खोज्नुपर्छ भन्ने सहभागी पत्रकारहरुको धारणा रहेको थियो । नेपाल पत्रकार महासंघ संगै शान्ति र लोकतन्त्रकालागि नागरिक आन्दोलन (पापड)को आयोजनामा देशैभर संविधानको रक्षाको माँग गर्दै प्रर्दशन तथा र्याली भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.