logo

संविधानको रक्षाका लागि एमाले र समाजवादीका बिद्यार्थी  सडकमा

 इसीमाना सम्वाददाता     २०८२ भदौ २६ गते ०१: ०७ मा प्रकाशित     308   पटक पढिएको

वीरगन्ज । देशमा राजनीतिक अस्थिरता बढिरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका विद्यार्थी कार्यकर्ताहरू संविधानको रक्षाका लागि सडकमा उत्रेका छन्।

 

सोमबारदेखि सुरु भएको युवा आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि सरकार गठनको विषयमा बहस भइरहँदा यी दुई दलका कार्यकर्ताहरूले काठमाडौँमा ‘संविधान रक्षा गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन्।

 

केही दिनअघि युवा पुस्ताले भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र नातावादको अन्त्य गर्ने जस्ता माग राखेर देशव्यापी आन्दोलन सुरु गरेका थिए। सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भएपछि आन्दोलन झनै चर्केको थियो।

 

आन्दोलनको चर्को दबाबपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएर नेपाली सेनाको सुरक्षामा अज्ञातस्थलतर्फ लागेका थिए।

 

प्रधानमन्त्रीको राजीनामापछि अहिले नयाँ सरकार गठनका लागि छलफल चलिरहेको छ। यस्तो नाजुक अवस्थामा एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनहरूले संविधानको रक्षाका लागि प्रदर्शन गरेका हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.