logo

राष्ट्रिय स्वतन्त्र पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टीले घुसपैठ गरेपछि पोखरको आन्दोलन स्थगीत

 इसीमाना सम्वाददाता     २०८२ भदौ २३ गते ०२: ५५ मा प्रकाशित     430   पटक पढिएको

पोखरा । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरूद्ध पोखरामा उर्लिएको जेनजी पुस्ताको प्रदर्शन रोकिएको छ।

प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले घुसपैठ गरेपछि आन्दोलन रोकिएको जेनजी प्रदर्शनकारीले जनाएका छन्। 

पोखराको सभागृह चोकबाट सुरू भएको आन्दोलन मानव अधिकार चोक पुगेर स्थगित गरिएको आन्दोलनका अगुवा आशिष पुरीले बताए। 

‘पार्टीका झोलेहरू घुसपैठ गरेर अराजकता मच्चाउन खोजेपछि हामीले प्रदर्शन स्थगित गरेका छौं,’ उनले भने, ‘अराजकतातिर जान नदिन पनि आन्दोलन रोकिएको हो।’

प्रदर्शनमा राप्रपा र रास्वपाका कार्यकर्ताले उत्तेजक नारा लगाउने, भिडलाई उत्तेजित बनाउन खोज्ने र प्रहरीसँग मुडभेड गराउन खोजेको प्रदर्शनकारीको आरोप छ।

घुसपैठ भएको भन्दै प्रदर्शनकै बीचमा पनि केही युवाले विरोध जनाएका थिए।


भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दकाविरूद्ध स्वतस्फुर्त रुपमा सडकमा आएका युवाले भ्रष्टाचारको अन्त्य गर्न, सामाजिक सञ्जाल पुनस् सञ्चालन गर्न र युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न माग राखेका थिए। 

सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएका जेनजी पुस्ताको नेतृत्व र सहभागितामा भएको प्रदर्शनमा युवा एवं विद्यार्थीको सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.