logo

जसपा मधेश प्रदेशको अध्यक्षमा यादवको उम्मेदवारी घोषणा, पार्टीलाई सरकारको नेतृत्व गर्ने तहमा लैजाने दावी

 इसीमाना सम्बाददाता     २०८२ भदौ २२ गते ०१: ०९ मा प्रकाशित     317   पटक पढिएको

रौतहट ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेशको अध्यक्षमा आफनो दावी पेश गरेका छन ।

 

प्रदेश अधिवेशन नजिकिदै जाँदा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । जसपाको मधेश प्रदेशको नेतृत्व अहिले बालकिशोर यादवको हातमा छ । 

 

जसपा नेपालको भदौ ३१ गते देखी असोज १ गते सम्म जनकपुरमा प्रदेश अधिवेशन हुने तय भएको छ । यादवको घोषणले जसपा नेपाल मधेश प्रदेशलाई तरंगीत र चलायमान समेत बनाएको छ ।


 मधेश प्रदेश सरकारको पूर्व राज्यमन्त्री भइसकेका यादव बिद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय हुदै आएका ब्यक्ति हुन ,संगठन निर्माणमा लामो योगदान गरेका यादवले यही कुरालाइृ आधार बनाएर अध्यक्षमा दावी गरेका हुन ।

 

उनले प्रदेशको अहिलेको नेतृत्व संगठन निर्माण परिचालन र जनताका मुद्धा उठाउन असफल भएको आरोप समेत लगाएका छन । उनले आफू प्रदेशको नेतृत्वमा आएपछि प्रदेश सरकारमा पार्टीलाई पुर्याउने ठोकुवा गरेका छन ।

 

यादवले पनि अरुले भने झै मिशन ०८४  सफल बनाउन संगठनलाई मजबुत बनाउन र जनतासामु स्पष्ट कार्यदिशा पुर्‍याउन आफूले सक्ने भएको भन्दै अध्यक्षको उम्मेदवार बनेको बताएका छन ।

 

अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा भदौ २५ गते हुने क्षेत्रीय भेलाबाट प्रतिनिधि छनोट हुनेछ। प्रदेश अधिवेशनले ६५ सदस्यीय कार्य समिति र ९ पदाधिकारी चयन गर्नेछ।

 

अधिवेशनमा कसले नेतृत्व सम्हाल्ने भन्ने प्रश्नमा जसपा नेपालभित्र निकै चासो बढेको छ। योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.