logo

जसपा मधेश प्रदेशको अध्यक्षमा यादवको उम्मेदवारी घोषणा, पार्टीलाई सरकारको नेतृत्व गर्ने तहमा लैजाने दावी

 इसीमाना सम्बाददाता     २०८२ भदौ २२ गते ०१: ०९ मा प्रकाशित     391   पटक पढिएको

रौतहट ।  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी  नेपालका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले मधेश प्रदेशको अध्यक्षमा आफनो दावी पेश गरेका छन ।

 

प्रदेश अधिवेशन नजिकिदै जाँदा उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । जसपाको मधेश प्रदेशको नेतृत्व अहिले बालकिशोर यादवको हातमा छ । 

 

जसपा नेपालको भदौ ३१ गते देखी असोज १ गते सम्म जनकपुरमा प्रदेश अधिवेशन हुने तय भएको छ । यादवको घोषणले जसपा नेपाल मधेश प्रदेशलाई तरंगीत र चलायमान समेत बनाएको छ ।


 मधेश प्रदेश सरकारको पूर्व राज्यमन्त्री भइसकेका यादव बिद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय हुदै आएका ब्यक्ति हुन ,संगठन निर्माणमा लामो योगदान गरेका यादवले यही कुरालाइृ आधार बनाएर अध्यक्षमा दावी गरेका हुन ।

 

उनले प्रदेशको अहिलेको नेतृत्व संगठन निर्माण परिचालन र जनताका मुद्धा उठाउन असफल भएको आरोप समेत लगाएका छन । उनले आफू प्रदेशको नेतृत्वमा आएपछि प्रदेश सरकारमा पार्टीलाई पुर्याउने ठोकुवा गरेका छन ।

 

यादवले पनि अरुले भने झै मिशन ०८४  सफल बनाउन संगठनलाई मजबुत बनाउन र जनतासामु स्पष्ट कार्यदिशा पुर्‍याउन आफूले सक्ने भएको भन्दै अध्यक्षको उम्मेदवार बनेको बताएका छन ।

 

अधिवेशनमा ६ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ। प्रत्येक निर्वाचन क्षेत्रमा भदौ २५ गते हुने क्षेत्रीय भेलाबाट प्रतिनिधि छनोट हुनेछ। प्रदेश अधिवेशनले ६५ सदस्यीय कार्य समिति र ९ पदाधिकारी चयन गर्नेछ।

 

अधिवेशनमा कसले नेतृत्व सम्हाल्ने भन्ने प्रश्नमा जसपा नेपालभित्र निकै चासो बढेको छ। योगेन्द्र राय यादवको उम्मेदवारी घोषणाले निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.