logo

मधेशका संचारमन्त्री लेखीको कदम बदनियतपूर्ण,सरोकारवालाई निषेध गरेर ,राजधानीमा ऐन संशोधन सम्बन्धी गोष्ठीको आयोजना

 इसीमाना सम्वाददाता     २०८२ भदौ १९ गते १२: ३७ मा प्रकाशित     267   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति,नेपाल प्रेस युनियन मधेश प्रदेश समिति र प्रेस सेन्टर नेपालको मधेश प्रदेश समितिले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि मधेश प्रदेशका गृह सांर ताथ कानून मन्त्री राजकुमार लेखीको रवैयाको कडा शब्दमा आलोचना गरेका छन । 

May be an image of map and text

मधेश प्रदेशको संचार ऐनमा संशोधनको आवश्यकताको पहिचान गर्न त्यसका कमजोर पक्षको बारेमा समिक्षा गर्न सरोकारवालासंग कुनै छलफल नगरि नियोजित रुपमा कानून संशोधनको दिशामा अगाडि गएपछि महासंघ सहितका संचार सम्बद्ध संस्थाहरुले उनको यो कदमको आलोचना गरेका हुन ।

मन्त्री लेखीले मुख्य सरोकारवालालाई पन्छाएर मधेस प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल प्रदेश बाहिर गर्न लागेको भन्दै नेपाल पत्रकार महासंघ, मधेस प्रदेशले आपत्ति जनाएको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आफ्नो व्यक्तिगत ह्वाट्सअप ग्रुपमार्फत प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठीअघि काठमाडौंको कोटेश्वरमा छलफल हुने सूचना प्रवाह गरेका छन्।  

 

तर यसबारे ऐनका प्रमुख सरोकारवाला नेपाल पत्रकार महासंघ, अन्य संचार सम्बद्ध सघ संस्था संचार प्रतिष्ठानहरुलाई जानकारी नदिई गोप्य रुपमा संशोधनको प्रक्रिया अगाडि बढाए छन ।  उनको यो कदम बदनियतपूर्ण रहेको पत्रकारका संघ संस्थाले आरोप लगाएका छन । 

May be an image of text

प्रदेशमै सञ्चार क्षेत्रमा प्रत्यक्ष संलग्न रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र तिनका औपचारिक संघ–संस्थाहरू पनि सहभागी नगराइ काठमाडौँमा छलफल कार्यक्रम राखिनुले नियतगमै शंका उत्पन्न गरेको उनीहरुको ठहर छ ।

 

मधेशमै सरोकारवालासंग सम्पन्न हुनुपर्ने छलफललाई राजधानीमा राख्नु प्रदेश सरकारको बजेट दुरुपयोग हो,  विज्ञप्तिमा भनिएको छ ।

 

संघीयता प्रति ओठे भक्ति देखाउने संचारमन्त्री लेखीले ऐन संशोधन जस्तो महत्वपूर्ण बिषय संघीय राजधानीमा लगेर छलफल गराएर के सन्देश दिन खोजेका हुन भन्दै चर्चा चुलिएको छ । बिज्ञको आवश्यकता बिज्ञ मधेशमै बोलाउन सक्ने अवस्था थियो त्यसो नगरिनुमा लेखीको नियत ठिक छैन भन्ने देखिन्छ  । 

May be an image of the Western Wall and text

विज्ञप्तीमार्फत सरोकारवालाको सहभागिता र सहमतिबिना अघि बढाइने संशोधन प्रस्तावहरू अस्वीकार्य हुने र त्यसविरुद्ध प्रतिकार गर्न महासंघ बाध्य हुने चेतावनी दिइएको छ ।

महत्वपूर्ण ऐन संशोधन प्रक्रियामा सरोकारवालालाई पाखा लगाएर आयोजना गरिने कुनै पनि छलफल वा गोष्ठी औचित्यहीन हुने महासंघको ठहर छ । महासंघले संविधान २०७२ र सञ्चार–पत्रकारिता सम्बन्धी कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम स्वीकार्य नहुने चेतावनी पनि दिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

वडाध्यक्ष मुखियाको घोषणा अनुसार उत्कृष्ट विद्यार्थीलाई ल्यापटप वितरण

वीरगंज। विगत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पटेर्वा सगौली गाउँपालिका वडा नं.  ५ ले निचुटाले ल्यापटप पुरस्कार वितरण गरेको छ।

वीरगंजमा पचास प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु, भोलि पनि जारी रहने

वीरगंज । वीरगंज महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ। शाखाका अनुसार हिजोदेखि प्रारम्भ गरिएको वितरण कार्यक्रम भोलि पनि निरन्तर रहनेछ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.