logo

वीरगञ्जमा जसपाद्वारा भूमि विधेयकविरुद्ध प्रदर्शन

 इसीमाना सम्वाददाता     २०८२ भदौ १८ गते ०९: १८ मा प्रकाशित     719   पटक पढिएको

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, पर्साले भूमि विधेयकको विरोधमा बृहत प्रदर्शन गरेको छ।

 

जिल्ला कमिटीले आयोजना गरेको प्रदर्शनलाई पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले नेतृत्व गरेका थिए।

 

 

र्यालीसहितको उक्त कार्यक्रममा प्रदेश सांसद सिंहासन साह कलवार,  शशी कपुर मियाँ, करिमा बेगम घनश्याम , वीरगंज महानगरपालिका वडा नं १४ का अध्यक्ष अजय चौरसिया १६ का वडाध्यक्ष पुरुषोत्तम चौरसिया, वडा नं ८ का वडाध्यक्ष रितेश गुप्ता महिला नेतृ रेखा साह लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो।

 

नेतृत्वकर्ताहरूले भूमि विधेयकलाई “राष्ट्रघाती” भन्दै खारेज गर्न माग गरे। जसपा नेपालले सो विधेयकले मधेश प्रदेशको अधिकार कटौती गर्ने, भूमिहीन तथा सुकुम्बासीलाई थप समस्यामा पार्ने र मधेशका राजनीतिक मुद्दा बेवास्ता गरेको आरोप लगाएको छ।

 

प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रियघाती भूमि विधेयक खारेज गर’ र ‘सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै तत्काल विधेयक फिर्ता लिन सरकारलाई चेतावनी दिएका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.