logo

सूचना नपाएपछि धोवनी गाउँपालिका कार्यालयमा स्थानीयद्वारा तालाबन्दी ,जनप्रतिनिधि र कर्मचारी परे घेराबन्दीमा

 इसीमाना सम्वाददाता     २०८२ भदौ १६ गते ०४: ५० मा प्रकाशित     381   पटक पढिएको

वीरगंज । सूचना अधिकारमार्फत माग गरिएको विकास खर्च विवरण उपलब्ध नगराएको भन्दै पर्साको धोवनी गाउँपालिका कार्यालयमा स्थानीयले सोमबार दिउँसो तालाबन्दी गरेका छन्। 

 

स्थानीय सुनिल साहलगायतका व्यक्तिहरूले गत आर्थिक वर्षमा विकास निर्माणमा खर्च भएको रकमको प्रमाणित विवरण माग गरेका थिए। तर माग गरिएको सम्पूर्ण विवरण नपाएपछि दिउँसो साढे ११ बजेदेखि गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरिएको उनीहरूको भनाइ छ। तालाबन्दीमका कारण जनप्रतिनिधि र कर्मचारीहरु कार्यालय भित्रै छन । उनीहरुलाई बाहिर निस्कन दिइएको छैन । 

 

तालाबन्दीपछि गाउँपालिका अध्यक्ष मदन चौहान, पाँचवटै वडाका वडाध्यक्ष उनका समर्थक तथा कार्यालयका कर्मचारीहरू कार्यालयभित्रै रोकिएका छन्। अध्यक्ष चौहानले भने माग गरिएको सूचना उपलब्ध गराइएको दाबी गर्दै राजनीतिक पूर्वाग्रहका कारण आफूलाई लक्षित गरेर तालाबन्दी गरिएको टिप्पणी गरेका छन।

 

उनले माग गरिएको सूचनामा केही कमी भए छलफलमार्फत समाधान गर्न प्रदर्शनकारीलाई बोलाउँदा पनि वार्तामा नआइ बाहिर प्रदर्शन गरेको बताए । प्रर्दशनकारीहरु पालिकाको प्रवेशद्वार बाहिर छन भने जनप्रतिनिधि र कर्मचारी कार्यालय भित्र रहेका छन । 

 

स्थिति तनावपूर्ण भएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले गाउँपालिका कार्यालय वरिपरि बाक्लो सुरक्षा व्यवस्था गरिएको र कार्यालयभित्र अध्यक्षसहितका कर्मचारी सुरक्षित रहेको जनाइएको छ।

 

स्थानीयले गत आर्थिक वर्षका विकास निर्माणमा व्यापक अनियमितता भएको आरोप लगाउँदै विरोध प्रदर्शन निरन्तर जारी राखेका छन्। उनीहरुले प्रमाणीत बिल भौचर समेत माँग गरेको सूचना अधिकारी बृजकिशोर त्रिपाठीले जानकारी दिएका छन । उनीहरुले १८ बंूदे सूचना माँग गरेको केही सूचनाहरु उपलब्ध गराइएको उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.