logo

पोखरियामा राष्ट्रिय युवा संघ नेपालद्वारा वृहत वृक्षारोपण

 इसीमाना सम्वाददाता     २०८२ भदौ ११ गते ०२: २० मा प्रकाशित     446   पटक पढिएको

पोखरिया ।  नेकपा एमालेको जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल पोखरिया नगर कमिटीले सोमबार श्री जिल्ला उचाँगल रामदेव कलवार माध्यमिक विद्यालय, पोखरियामा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

 

संघका केन्द्रीय सचिव मोविन आलमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष दिपु पटेलले गरेका थिए। कार्यक्रममा बोल्दै अतिथिहरूले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपणलाई सामाजिक अभियानका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

 

 वक्ताहरुले  वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रम नभई जीवनशैलीसँग जोडनु पर्ने बिचार ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा नेकपा एमालेका नेता  मधेश प्रदेशसभाका पूर्व सदस्य प्रहलाद गिरि, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, उपमेयर रुबी ठाकुर, नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा युवा फाँट प्रमुख अरुण यादव, जिल्ला सचिवालय सदस्य कौशल शाह, नेकपा एमाले नगर कमिटी अध्यक्ष विन्द्याचला ठाकुर,  राष्ट्रिय युवा संघ नेपाल पर्साका अध्यक्ष सुभाष साह, सचिव सन्तोष गिरी, सचिवालय सदस्यहरू सुमित साह र सुजित गिरी लगायतको उपस्थिति रहेको थियो।

 

वृक्षारोपण कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरूको समेत सक्रिय सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले विद्यालय परिसर र वरपरका सार्वजनिक स्थानमा विभिन्न प्रजातिका विरुवा रोपेका थिए।

 

संघका पदाधिकारीहरूले पोखरिया क्षेत्रमा हरियाली विस्तार, वातावरण संरक्षण र जलवायु परिवर्तन नियन्त्रणका लागि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.