logo

नेकपा एमाले, तलदेखी माथि सम्म जनाधार नभएका नेताहरु बिभाजनको पक्षमा ,उनीहरुमै छ पार्टी फूटाउने हतारो

      6/12/2021 गते ००: ०० मा प्रकाशित     1282   पटक पढिएको

विभाजनको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको सत्तारुढ एमालेमा यतिबेला दोस्रो तहका केही नेताहरू एकता जोगाउने अन्तिम कसरतमा छन् । तर, केही नेताहरू भने पार्टी एकतामा बखेडा झिक्न र पार्टी फुटाउन हतारिईरहेका छन् । 

असन्तुष्ट माधव नेपाल पक्षका ती नेताहरूले नयाँ पार्टी खोल्न हतार गर्दैछन्, जसको भूगोलमा कुनै जनाधार छैन ।

अहिले एमाले कलहको मूल स्रोत शीर्ष नेताद्वय केपी ओली र माधवकुमार नेपाल हुन् । तर, अरु नेताहरूले त्यसमा मलजल गरिरहेका छन् । एमालेबाट विद्रोह गरिहाल्नुपर्ने अडानमा छन्, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, अमृत बोहोरा, बेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विजय पौडेल र रामकुमारी झाँक्री । यी नेतामध्ये रावल र शाक्य बाहेक अरु कसैको पनि बलियो जनाधार देखिँदैन । 

नेपाल पक्षका पुराना नेताहरूको विगतमा पार्टी निर्माणमा योगदान त छ, तर वर्तमानमा पार्टी र भूगोल दुबैमा पकड देखिँदैन । उनीहरूकै नेतृत्वमा नयाँ पार्टी हुर्किने अवस्था पनि तत्काल देखिँदैन । नयाँ पुस्ताका लागि यी अनुहार आउट डेटेड भइसकेका छन् । 

युवराज ज्ञवाली ,यस्ता नेता हुन्, जसले कहिल्यै प्रत्येक्ष निर्वाचन जितेनन् । पञ्चायती कठिन समयमा संगठन बिस्तार गर्न दाङ पुगेका उनी त्यतै बसे । तर, अहिलेसम्म बलियो निर्वाचन क्षेत्र बनाउन सकेनन् । गुटगत प्यानलका कारण आठौँ महाधिवेशनमा सचिव र नवौँबाट उपाध्यक्ष निर्वाचित भएका उनको पार्टी पङ्ती र भूगोलमा पकड देखिँदैन । 

मुकुन्द न्यौपाने तत्कालीन मालेका संस्थापक नेतामध्ये एक हुन् । बहुदलीय व्यवस्था पुनःस्थापनापछि भने उनी मजदूर संगठनमा खुम्चिए । २०५१ यता चुनावी प्रतिस्पर्धामा उत्रिएका छैनन । 

त्यस्तै, अमृत बोहोरा बारम्बार संसदीय निर्वाचनमा उम्मेदवार त भए, तर संसदीय राजनीतिमा सफल हुन सकेनन् । पार्टीका कार्यकारी पदमा पनि उनी पुगेनन् । बोहोरा नवौँ महाधिवेशनबाट पार्टीको अनुशासन आयोग अध्यक्षमा निर्वाचित भए । उनी खारिएका कम्युनिस्ट नेतामा पर्छन्, तर जनाधार भने निकै कमजोर छ । 

बेदुराम भुसाल मार्क्सवादका राम्रा प्रशिक्षक हुन् । तर, न संगठक हुन्, न त जनाधार भएका नेता । उनले अहिलेसम्म प्रत्यक्ष निर्वाचन सामना गरेका छैनन् ।

 

तल जिल्लाहरुमा अवस्था त्यस्तै छ । पर्सा  जिल्लामा पनि पुराना नेताहरु माधव नेपाल पक्षमा छन तर उनीहरुसंग जनमत छैन ।

 

उनीहरुनै पार्टी अध्यक्ष के.पी.ओली बिरुद्ध निकै आक्रमक देखिएका छन । रामचन्द्र साह पटक पटक सांसद र प्रदेश सभाको निर्वाचनका उम्मेदवार भए तर निर्वाचन जित्न सकेका छैनन ।

 

नागेन्द्र चौधरी पार्टीको पोलिटब्युरो सदस्य हुन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पटक पटक पार्टीले टिकट दिए पनि उनले समेत निर्वाचन जित्न सकेका छैनन । पार्टीको माधव नेपाल पक्षको जिल्लाको अध्यक्षको जिम्मेवारी लिएका बालगापाल थापा पार्टी पंक्तिमा बैचारिक नेताको रुपमा स्थापित छन ।

 

तर जनताको वीचमा उनको पनि पकड छैन । संबिधान सभाकामा निर्वाचन जितेका बिचारी यादवलाई जनाधार भएको नेता मान्ने हो भने नेपाल समुहमा यादव मात्रै त्यस्ता ब्यक्ति छन जसले धेरथोर जनपरिचालन गर्न सक्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.