logo

सात साल यताका सबै राजनीतिक मुद्धाहरु एक पटककालागि खारेज गरिनु पर्छः नेता प्याकुरेल

      4/21/2021 गते 00 00 मा प्रकाशित     891   पटक पढिएको

नेकपा एमालेका नेता सुमन प्याकुरेलले बिगतमा भएका राजनीतिक आन्दोलनमा संलग्न भएकै कारण राजनीतिक ब्यक्तिलाई लगाइएका बिभिन्न खालको मुद्धा खारेज हुनु पर्ने बताउनु भएको छ । 

 


प्रेस चौतारी नेपाल पर्सा शाखाले ०७७ चैत २५ मा भएको निर्वाचनमा बिजयी पदाधिकारीहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै पार्टीको प्रदेश २ का सचिव समेत रहनु भएको नेता प्याकुरेलले २००७ साल देखी अहिले सम्मका सबै राजनीतिक मुद्धा एक पटककालागि खारेज गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो “एक पटककालागि सबै मुद्धाहरु खारेज हुनु पर्छ म सरकार संग माँग गर्दछु । 

 


उहाँले पत्रकार समाजका अभिन्न अंङ भएकोले सत्य तथ्य समाचार लेखेर जनतालाई सुचना दिन आग्रह गर्नु भएको थियो।उहाँले वर्तमान राजनीतिक परिवर्तन घटना बारे आफुहरु चिन्तित भएको बताए। उहाँले प्रधानमन्त्री ओलीले गरेका राम्रा कामका बारेमा पनि कलम चलाउन पत्रकारहरलाई आग्रह गर्नुभयो । 


सम्मान कार्यक्रममा  नेकपा एमाले पर्साका अध्यक्ष प्रभू हजरा,संविधान सभा सदस्य राजकुमार गुप्ता ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,केन्द्रीय सदस्य के.सी. लामिछाने,पर्साका अध्यक्ष अनुप तिवारी,,प्रेस चौतारी नेपालका सल्लाहकार महेश दास,नेपाल प्रेस युनियनका अध्यक्ष राम नारायण कुर्मी ,वानका महासचिव आर.सी. यादव लगायतले  शुभकामना दिनुभएको थियो। प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई  बिजय भन्डारीले सहजिकरण गर्नु भएको थियो ।

 

कार्यक्रममा स्वागत पत्रकार महेशचन्द्र गौतम र कार्यक्रमको उद्धेश्य माथि युवराज खड्काले प्रकाश पार्नु भएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्र प्रदेश र जिल्ला निर्वाचित सबै पदाधिकारी सदस्यहरुलाई माला र गम्छा ओडाएर सम्मान गरिएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.