logo

मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन एमाले महासचिव पोख्रेलको निर्देशन

      3/11/2021 गते 00 00 मा प्रकाशित     733   पटक पढिएको

नेकपा एमालेका महासचिव तथा उपप्रधानमंत्री ईश्वर पोख्रेलले संसदले पाउने बिजनेशबाट कुनै निष्कर्षमा पुग्न नसके मुलुक ताजा जनादेशमा जान सक्ने भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनु भएको छ । बीरगंजमा प्रेस संगठनले आयोजना गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै महासचिव पाख्रेलले यस्तो बताउनु भएको हो । 

 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएमा प्रधानमत्रीले संसदमा बिश्वासको मत लिनु पर्ने र संसदमा विश्वासको मत ल्याउन नसकेपछि भने प्रधानमन्त्रीले राजीनामा दिने अवस्थ आउने बताउनु भयो । 


माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए के हुन्छ भन्ने बिज्ञासाको जवाफमा पोख्रेलले यस्तो बताउनु भएको हो । 

उहाँले प्रधानमंत्रीले राजीनामा दिने अवस्थ आयो भने  त्यसपछि संबिधानको धारा ०७६ को उपधारा २ अनुसार नै दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्ने कोसिस हुन्छ । सरकार बनेन भने चुनावमा जानुको विकल्प नरहने उहाँले बताउनु भयो ।’नेकपा एमाले २०७५ जेठ २ को अवस्थाबाट अघि बढ्ने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनु भएको छ ।  

 

वीरगंज  स्थित होटल भिस्वामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले एमाले पार्टीलाई एकता हुनु अघि २०७५ जेठ २ को अवस्थाबाट अघि बढाइने बताउनुभयो ।

 

उहाँले माओवादी केन्द्रबाट आएका नेतालाई सम्मानजन व्यवस्थापन गरि बिगतका कमीकमजोरीलाई समिक्षा गरी एमालेलाई  अगाडी बढाईने बताउनुभयो ।


 पत्रकारहरुको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकराले अन्य दलहरु संग सहकार्य गरेर अघि बढने बताउनुभयो  ।

दलहरु बिच पनि सहकार्य हुन नसके देश मध्यावधि निर्वाचनमा जाने पोखरेलले बताउनुभयो । 

एक फरक प्रश्नको जवाफमा पोखरेलले देशमा कोभिडको प्रकोप कम भइरहेकोले अब छिटैनै जिल्ला कोभिड नियन्त्रण समितिको सिफारिशमा पूर्ण रुपमा सीमा  नाका खुल्ला गर्न गृहमन्त्राल मार्फत  पहल गरिने बताउनुभयो ।

 

पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले  वीरगंज पथलैया छ लेनको सडक खण्डको काम तिव्र गतिमा अगाडि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो  । उहाँले पर्सा जिल्लामा बिकास निर्माणको काममा भइरहेको ढिलासुस्ती बारे चिन्ता व्यक्त गर्दै तत्काल काम सुचारु गराउन सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो  ।


 प्रेस संगठन पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेल, संबिधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु,प्रधुमन चौहान, केन्द्रिय सदस्य निर्मला देवकोटा,बसरुदिन अंसारी,अच्युत मैनाली,विश्वमभर शर्मा,नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजार,प्रेस संगठन प्रदेश २ का संयोजक लालबाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने ,पत्रकार महेश दास, छिपहरमाई गाँउपालिका अध्यक्ष मनोज गुप्ता,नारायणी अस्पताल बिकास समितिका अध्यक्ष पुरेन्द्रकिसोर लाभ, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अंसारी लगायतको उपस्थिती रहेको थियोे । कार्यक्रममो सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले गर्नुभएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.