logo

बिचौलियाका कारण न्याय पाउनबाट बन्चित छन सेवाग्राहीहरुः न्यायधीश ज्ञवाली

 इसीमाना सम्वाददाता     २०८१ पौष २६ गते ०८: ०० मा प्रकाशित     458   पटक पढिएको

राजबिराज । उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण रहेको बताएका छन् । 


    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित ३१ औं लोकेन्द्र स्मृति दिवस एवं २९ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई  सम्बोधन गर्दै मुख्य न्यायाधिश ज्ञवालीले यस्तो बताएका हुन् । 


    अहिलेको अवस्थामा प्रविधिको विकासले गर्दा पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै उनले समाजलाई सत्यतथ्य, समाचार समाग्री प्रवाह गर्नु पर्नेमा जोड दिए । 


    न्यायधीश ज्ञवालीले अदालतमा सेवाग्राहीहरुले बिचौलियाको कारण न्याय पाउनबाट बञ्चित भइरहेको समेत बताए ।
    नेपाल पत्रकार महासंघ  सप्तरी शाखा द्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट रासस राजविराजका संवाददाता अरुण कुमार यादव सम्मानित भएका छन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।


    यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार अर्चना परियार दर्जीलाई प्रदान गरिएको छ । 


    आयोजित कार्यक्रममा प्रमुख  मुख्य न्यायाधीश ज्ञवालीले पत्रकारद्वय यादव र परियारलाई उक्त सम्मान प्रदान गरे । 
    
    पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय ललिता साह र राजु विश्वकर्मा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, विष्णु मण्डल, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, महासंघका पूर्व सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जीवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।


    सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् ।

 

 स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.