logo

बिचौलियाका कारण न्याय पाउनबाट बन्चित छन सेवाग्राहीहरुः न्यायधीश ज्ञवाली

 इसीमाना सम्वाददाता     २०८१ पौष २६ गते ०८: ०० मा प्रकाशित     298   पटक पढिएको

राजबिराज । उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले अहिलेको पत्रकारिता निकै चुनौतीपूर्ण रहेको बताएका छन् । 


    नेपाल पत्रकार महासंघ सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित ३१ औं लोकेन्द्र स्मृति दिवस एवं २९ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कार्यक्रमलाई  सम्बोधन गर्दै मुख्य न्यायाधिश ज्ञवालीले यस्तो बताएका हुन् । 


    अहिलेको अवस्थामा प्रविधिको विकासले गर्दा पत्रकारितामा चुनौती थपिएको उल्लेख गर्दै उनले समाजलाई सत्यतथ्य, समाचार समाग्री प्रवाह गर्नु पर्नेमा जोड दिए । 


    न्यायधीश ज्ञवालीले अदालतमा सेवाग्राहीहरुले बिचौलियाको कारण न्याय पाउनबाट बञ्चित भइरहेको समेत बताए ।
    नेपाल पत्रकार महासंघ  सप्तरी शाखा द्वारा स्व.पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृति एवं सम्मानमा स्थापना गरिएको पत्रकारिता पुरस्कारबाट रासस राजविराजका संवाददाता अरुण कुमार यादव सम्मानित भएका छन् । पुरस्कारको राशी ५ हजार ५ तथा कदरपत्र रहेको छ ।


    यस्तै प्रेस स्वतन्त्रता सेनानी तथा आजको वातावरण दैनिकका सम्पादक बैजनाथ झाद्वारा स्थापित वातावरणीय पत्रकारिता पुरस्कार अर्चना परियार दर्जीलाई प्रदान गरिएको छ । 


    आयोजित कार्यक्रममा प्रमुख  मुख्य न्यायाधीश ज्ञवालीले पत्रकारद्वय यादव र परियारलाई उक्त सम्मान प्रदान गरे । 
    
    पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्वय ललिता साह र राजु विश्वकर्मा, पत्रकार महासंघका पूर्व अध्यक्षहरु बैजनथा झा, मुरली प्रसाद यादव, धिरेन्द्र प्रसाद साह, विष्णु मण्डल, प्रेस काउन्सीलका पूर्व सदस्य एवं वरिष्ठ पत्रकार अनिलकुमार अनल, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंह, प्रेस सेन्टरका अध्यक्ष बिन्दु यादव, समाजवादी प्रेस संगठनका अध्यक्ष अनिल पोखरेल, महासंघका पूर्व सल्लाहकार मनोहर कुमार पोखरेललगायतले स्व. पत्रकार बुढाथोकीको जीवनी बारे प्रकाश गर्दै पुरस्कृत पत्रकारहरुलाई शुभकामना दिएका थिए ।


    सप्तरीलाई कार्यक्षेत्र बनाएर निर्भिक, निडर तथा निश्पक्ष पत्रकारिता गर्दै आएका बुढाथोकीको २९ वर्षअघि रहस्यमय मृत्यु भएको थियो । हालसम्म पनि उनको मृत्युको रहस्य भने खुल्न सकेको छैन् ।

 

 स्व. पत्रकार बुढाथोकीको स्मृती एवं सम्मानमा पत्रकार महासंघ शाखा सप्तरीले प्रत्येक वर्ष उनको स्मृति दिवसको अवसर पारेर सप्तरीका एक जना पत्रकारलाई सम्मानित गर्दै आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

जेनजी आन्दोलनका क्रममा फरार कैदी वीरगंजबाट पक्राउ

वीरगंज । जेनजी  आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी वीरगंजबाट पक्राउ परेका छन्।

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.