logo

सदस्यता नविकरण सम्बन्धमा प्रदेशको नाममा गरिएको सिफारिशलाई अस्वीकार गर्ने पत्रकार महासंघ पर्साको निर्णय

      2/4/2021 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

नेपाल पत्रकार महासंघ पर्सा शाखाले सिफारिश गरेका मध्य तीनजनालाई सद्यसयताबाट बन्चित गर्ने निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

 

पर्सा शाखाले सबै प्रक्रिया र मापदण्ड पुरा गरेर सदस्यता सिफारिश गरेपनि शाखालाई कुनै जानकारी निदिइ कुनै सोधपुछ समेत नगरि प्रदेश समितिले सदस्यता सिफारिशबाट नाम हटाएको र चोरबाटो बाट थप सदस्यको सिफारिश समेत गरेको भन्दै शाखाले त्यसलाई नमान्ने निर्णय गरेको शाखाका उपाध्यक्ष अनुप तिवारीले बताउनु भयो । 


सामान्य सिद्धान्ताको पालना समेत नगरि प्रदेशमा भएकाहरुले आफूखुशी नाम थप्ने र हटाउने काम गरेको पाइयोे उपाध्यक्ष तिवारीले भन्नु भयो सदस्यता बितरणको प्रारम्भिक अधिकार शाखामा निहित रहे पनि प्रदेशले त्यसलाई उल्लघंन गरेकोले ”अस्वीकार“ गर्ने अप्रिय निर्णय गर्नु परेको बताउनु भयो । 

 


नेपाल पत्रकार महासंघ प्रदेश समिति २ का  अध्यक्ष दीपेन्द्र चौहान र सचिव गुरु गौतमले नयाँ सदस्यता  र सदस्यता नविकरण सम्बन्धमा एकपक्षीय रुपमा लाकेतान्त्रिक बिधि र प्रक्रिया बिपरित सिफारिश गरेको भन्दै प्रदेशका बिभिन्न शाखाले असहमती र बिरोध जनाउदै आएका छन । त्यही क्रममा पर्सा शाखाले  त्यस्तो निर्णय नमान्ने भन्दै संस्थागत निर्णय गरेको हो । 

नेपाल पत्रकार महासंघ पर्सा शाखाको बैठकले   २४ औं साधारण सभा भब्य रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै सभा सफल पार्ने सबै संचारकर्मी प्रति आभार प्रकट गर्ने निर्णय गरेको छ ।

 

 गर्ने निष्कर्ष निकाल्दै पुनरावलोकनको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय समेत गरेको छ । आजको बैठकले आगामी फागुन महिनामा कार्य समितीका पदाधिकारी एवं सदस्यहरुलाई अन्य जिल्लामा महासंघले गरेको गतिबिधिको अवलोकन गर्न भ्रमणमा जाने निर्णय गर्दै त्यसको लागि कार्य समितिको सबैले निजी रुपमा ५ हजारका दरले ब्यहोर्ने निर्णय गरेको छ ।

 

अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा बसेको बैठकमा उपाध्याक्ष अनुप तिवारी, सचिब युवराज खड्का, उप सचिब निलिमा पौडेल, कोषाध्याक्ष भूषण यादब, सदस्याहरु शसुष्मा शर्मा, सञ्जिब मिश्र, जियालाल साह, सफल खतिवडा, मनोज पटेल, प्रणय कुमार साह, पुष्पराज तिमस्सिना लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.