logo

नेकपाको प्रचण्ड नेपाल पक्षको बैठक चल्दै पहिलो बरियताका अध्यक्ष ओलीलाई कारवाही गर्ने प्रस्ताव पेश

      12/22/2020 गते 00 00 मा प्रकाशित     1033   पटक पढिएको

बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भइरहेको नेकपाको प्रचण्ड नेपाल समुहको केन्द्रीय समिति बैठकमा  पहिलो बरियताका अध्यक्ष के.पी.ओलीलाई पार्टीको अध्यक्षबाट हटाउने गरि अनुशासनको कारवाही गर्ने प्रस्ताव पेश भएको छ । 

 

केन्द्रीय कमिटीको अहिले भइरहेको बैठकमा ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश भएको हो । आजको बैठकको एजेण्डामा अनुशासनको कारबाहीपछिको नेतृत्व चयन पनि समावेश भएको छ ।

 

बैठकले ओलीको ठाउँमा माधव नेपाललाई अध्यक्ष चयन गर्ने तयारी छ । पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरुले पार्टीको आन्तरिक समस्याका बारेमा बैठकलाई जानकारी गराउने कार्यसूची छ ।

 

बैठकमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने प्रस्ताव पनि पेश भएको छ ।
प्रचण्डको अध्यक्षताा भइरहेको बैठकमा अर्का नेता माधव कुमार नेपालले  कुनै समूहले पार्टीको नामबाट गरेका निर्णय वैधानिक नहुने बताउनु भएको छ  ।

 

ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठक र निर्वाचन आयोगलाई केन्द्रीय कमिटी पुनर्गठनबारे जानकारी दिएको विषयलाई लक्षित गर्दै नेता नेपालले भन्नु भयो , ‘पहिलो अध्यक्ष हुँ, मेरै निर्णय आधिकारिक हुन्छ भन्ने कसैले नसोचे हुन्छ ।’


अध्यक्ष ओलीबाट आफूहरु पटक–पटक अपमानित भएको पनि नेपाले बैठकमा बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.