logo

संसद बिघठनको सिफारिश लिएर प्रधानमंत्री शितल निवासमा

      12/20/2020 गते 00 00 मा प्रकाशित     931   पटक पढिएको

 संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुग्नु भएको छ । प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको हो  ।

यसअघि आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमंत्री ओलीले संसद बिघठनको सिफारिश गर्नु भएको थियो।


९.४५ मा भएको बैठकमा ताजा जनादेशकालागि भन्दै  संसद विघटनको प्रस्ताव ल्याएउनु भएको थियो । नेकपाको आन्तरिक बिवाद मिल्यो मिल्यो भन्दै गर्दा संसद बिघठनको सिफारिशले नेकपाको भविष्यमाथि नै प्रश्नचिन्ह उब्जेको छ । संसद बिघठनको सिफारिशको पार्टी भित्र र बाहिरबाट पनि भर्को आलोचना भइरहेको छ । नेकपाभित्र चुलिएको विवादसँगै भएको यो निर्णयले मुलुकलाई फेरी अस्थिरतातर्फ धकेलेको छ ।


सत्तारुढ नेकपाभित्रका प्रचण्ड, माधव नेपाल समूहले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी बुझेपछि सरकारले संसद् विघटनको सिफारिस गरेको ओलीनिकटहरुको भनाई छ  ।


ओली विरोधी समूहले त्यसको लागि हस्ताक्षर गरी संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको थियो ।
राष्ट्रपतिविरुद्ध प्रस्ताव दर्ता गरी निस्क्रिय बनाएपछि उपराष्ट्रपति नन्दबहादुर पुन मार्फत आफ्ना योजना पूरा गर्ने दाउमा यो समूह लागेको थियो ।


उक्त सूचना शितल निवास र बालुवाटारमा लिक भएपछि ओलीले आइतबार विहान आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाई विघटन सिफारिस गरेको एक नेताले टिप्पणी  गरेका छन ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा दिन माग गर्दै पार्टीका बरिष्ठ नेताहरुले ६ महिनादेखि किचलो गर्दै आएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन

वीरगंज । वीरगंज महानगरपालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको एक विशेष समारोहका बीच भव्य उद्घाटन गरिएको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.